मौलापुरमा ‘कृषि मिटर’, ले सिंचाइमा सहज, नगरपालिकाले तिरिदिन्छ प्राधिकरणको बिल


३० मंसिर २०७६, सोमबार
moula


गौर, ३० मंसिर । राज्यको नीति छ कृषिमा मुलुकलाई आत्मनिर्भर बनाउने तर, कृषकलाई सिंचाई, मल र बीउको अभावले सताइरहन्छ ।

देशको अधिकांश क्षेत्रका किसान खेतीका लागि वर्षाको पानीमा निर्भर हुन्छन् कि त विद्युतीय मोटर पम्पको प्रयोग गरी जमिनको पानी तान्ने गर्दछन् ।

विद्युतीय मोटरबाट पानी तान्दा महङ्गो पर्ने गरेको किसानको गुनासो छ । मुलतः तराई मधेस क्षेत्रमा सिंचाई सुविधा अभावको कारण किसानहरु चिन्तित हुने गर्दछन् । अन्य क्षेत्रमा परिस्थिति फरक भए पनि रौतहट जिल्लाको मौलापुर नगरपालिकाका किसान भने निश्चिन्त भएर आफ्नो पेसामा रमाइरहेका छन् र मनग्ये कृपष उत्पादन समेत गरिरहेका छन् । किनकी यस नगरपालिकाभित्र कृषि मिटरमार्फत विद्युतीय मोटर प्रयोग गरी सिंचाई गर्ने किसानहरुले मिटर बिल निःशुल्क पाउने गरेका छन् ।

‘यस नगर क्षेत्रको ७५ प्रतिशतभन्दा बढी भू–भागमा खेती हुने गर्दछ र अधिकतम स्थानीय कृषि पेसामा आधारित छन् । स्थानीयका लागि सिंचाईका लागि विकल्पको रुपमा रहेको कृषि मिटर रहेको छ । यसबापत विद्युत प्राधिकरणलाई तिर्नुपर्ने शुल्क नगरपालिकाले बेहोर्ने गरेको छ । यसले किसानलाई सहज बनाइदिएको छ’, मौलापुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सिकिन्द्र साहले भने ।

कृषिमा उच्च प्राथमिकतामा राखेको यस नगरपालिकाले सिंचाई मात्र सहज बनाई दिएको छैन उन्नत बीउ र मलको पनि उचित व्यवस्थापन गर्ने गरेको छ । निर्वाचन पश्चात् नै यस क्षेत्रका किसानलाई उन्नत बीउ र मल सहूलियत मूल्यमा उपलब्ध गराउने गरेको छ ।

प्रमुख प्रशासकीय अधिकृत साहका अनुसार नगरपालिका स्वयम ग्यारेन्टी बसेर यस क्षेत्रका किसानलाई मुल बीउ र आवश्यक उन्नत बीउ सामान्य दरमा उपलब्ध गराउने गरेको छ । जसका कारण यहाँका किसानले कृषिबाट मनग्ये आम्दानी गर्ने गरेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७