कृषि विकास बैङ्क ह्याकिङ प्रकरण : एक करोड रुपैयाँसहित फरार दीपक नेपाल पक्राउ


२० पुष २०७६, आईतवार
dipak

काठमाडौं, २० पुस । कृषि विकास बैङ्कको क्रिडेन्सियल ह्याकिङ गरी एक करोड रकमसहित फरार रहेका दीपक नेपाललाई प्रहरीले पक्राउ गरेको छ ।

४३ वर्षीय नेपाललाई महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले गत पुस १८ गते पक्राउ गरेको थियो । महाशाखाका प्रमुख एसएसपी सहकुल थापाका अनुसारका अनुसार उनलाई थप अनुसन्धानका लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको छ ।

मोरङ्गको रङ्गेली नगरपालिका–२ बस्ने दीपकले नाइजेरियन र भारतीय नागरिकसँगहरु मिलेर बैङ्क तथा वित्तीय संस्थाहरुबाट पाँच अर्ब नेपाली रुपैयाँ भन्दा बढी लुट्ने योजना बनाएका थिए । सोही योजना अनुसार विभिन्न नेपाली नागरिकहरुलाई प्रयोग गरी कृषि विकास बैङ्क ह्याक गरी रकम निकालेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७