विधालयलाई ‘लुट्ने भाँडो’ बनाउने शिक्षक नहटेसम्म गुणस्तरीय शिक्षा सम्भव छैन : प्रभु साह


२४ पुष २०७६, बिहीबार
Prabhu Sah CPN

काठमाडौं, २४ पुस । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश नम्बर २ का अध्यक्ष प्रभु साहले विद्यालयलाई पैसा कमाउने तथा राज्य कोषको दोहन गर्ने भाँडो बनाएका शिक्षक नहटदासम्म गुणस्तरीय शिक्षा सम्भव नभएको बताएका छन् ।

बिहीबार काठमाडौंमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष साहले राज्यले जनतालाई शिक्षित बनाउन सञ्चालन गरेका विद्यालयबाट पढाउनको सट्टा शिक्षकले पैसा कमाउनमा ध्यान केन्द्रित गर्दा शिक्षा क्षेत्रमा बेथिति सिर्जना भएको आरोप लगाए ।

विद्यालय व्यवस्थापन, संरचना निर्माण, विद्यार्थीलाई सहुलियतजस्ता विभिन्न शिर्षकमा राज्यले पठाउने बजेट हिनामिनामा मात्र शिक्षकको ध्यान भएकाले त्यस्ता शिक्षकलाई बर्खास्त गर्नुको विकल्प नभएको उनको जिकिर छ ।

‘विगत लामो समय देखि शिक्षा क्षेत्रमा ठुलो बेथिति जरा गाडेर बसेको छ । त्यो के हो भने एकातिर विद्यालयमा गाउँका मुखिया महाजनले आफ्ना छोराछोरी शिक्षक भर्ती गरेर राख्नु र अर्कोतिर विद्यालयलाई पैसा कमाउने भाँडो बनाएर शिक्षक बन्नु । र यहि कारणले आजसम्म शैक्षिक क्षेत्रमा सुधार हुन सकेको छैन’, अध्यक्ष साहले भने ।

उनले थपे, ‘ती मुखिया महाजनका छोराछोरी भलै पढाउन नजानुन तर तिनीहरु आफूलाई शिक्षा क्षेत्रको ठेक्केदारको रुपमा उभ्याएर बेथिति सिर्जना गरेका छन् । राज्यको तलब खाने तर शिक्षामा गुणस्तर कायम गर्न नसक्ने त्यस्ता शिक्षक समाजका शत्रु हुन् । पैसा कमाउन र राज्यकोषको सम्पत्ति दोहन गर्नका लागि शिक्षक बनेकाहरुलाई बर्खास्त नगरेसम्म गुणस्तरीय शिक्षा असम्भव छ । त्यसैले राज्य एवम समाज यस प्रति गम्भीर हुनैपर्छ ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७