नेपाल बैंकको २५ प्रतिशत लाभांश पारित


२५ पुष २०७६, शुक्रबार
1578649689roshan

काठमाडौं, पुस २५ । नेपाल बैंकको शुक्रबार बसेको ६० औं साधारण सभाले १० प्रतिशत नगद लाभांश दिने निर्णय पारित गरेको छ।

शसस्त्र प्रहरी बलको सभाहलमा भएको बैंठकले १० प्रतिशतका दरले ९८ करोड ११ लाख १४ हजार ८ सय रुपैयाँ नगद लाभांश दिने निर्णय गरेको हो।

यस्तै, चुक्ता पूँजीको १५ प्रतिशतको दरले हुन आउने १ अर्ब ४७ करोड १६ लाख ७२ हजार २ सय रुपैयाँ बराबरको बोनस शेयर वितरण गर्ने निर्णय पनि पारित भएको छ।


यस्तै बेंकले अधिकृत पूँजी १० अर्बबाट वृद्धि गरी १५ अर्ब कायम गर्ने र सोही अनुसार प्रबन्ध पत्रको सम्बन्धित दफामा संशोधन गर्ने प्रस्ताव पनि पारित गरेको छ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७