उपसभामुख डा. शिवमाया तुम्बाहाम्फेले सभामुखको उम्मेद्धवार नै बन्न मिल्दैन् : देव गुरुङ


२८ पुष २०७६, सोमबार
dev gurung

काठमाडौं, २८ पुस । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संसदीय दलका प्रमुख सचेतक देवप्रसाद गुरुङले संवैधानिक व्यवस्थाअनुसार उपसभामुखको हैसियतमा रहेकी डा. शिवमाया तुम्बाहाम्फे सभामुखको उम्मेद्धवार नै बन्न नपाउने तर्क गरेका छन् । 


सोमबार रिपोर्टर्स क्लब नेपालले काठमाडौंमा आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै नेता गुरुङले उपसभामुखलाई सभामुख बनाउने व्यवस्था नरहेको बताएका हुन् ।

उपसभामुख पदमा रहिरहेर सभामुखमा आफ्नो उम्मेद्धवारी दिन नमिल्ने भन्दै उनले उम्मेद्धवार हुन चाहेको भए उपसभामुखबाट अनिवार्य रुपमा राजीनामा दिनुपर्ने बताए ।

गुरुङले अहिले सभामुख पद रिक्त रहेकोले त्यसको लागि निर्वाचन आवश्यक रहेको बताए । उपसभामुख डा. शिवमाया तुम्बाहाम्फेलाई राजीनामा दिएर मार्गप्रशस्त गर्न नेकपाले आग्रह गरेको पनि उनले बताए ।

उनले संवैधानिक पदमा बसेर बार्गेनिङ गर्ने नैतिकता कसैलाई पनि नहुने र कम्युनिष्ट पार्टीमा त झनै त्यो कुरा स्विकार्य नहुने तर्क गरे । उनले उपसभामुख यथावत रहेको अवस्थामा नेकपाले सभामुखमा उम्मेद्धवारी दिन नपाउने पनि स्पष्ट पारे ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७