सांसद दीपक मनाङ्गे पक्राउ


९ माघ २०७६, बिहीबार
Deepak Manage दीपक मनाङे

पोखरा, ९ माघ । गण्डकीका प्रदेशसभा सदस्य राजीव गुरुङ (दीपक मनाङें लाई जिल्ला प्रहरी कार्यालय कास्कीले पक्राउ गरेको छ ।

उनलाई सादा पोसाकमा खटिएको प्रहरीले पोखराको लेकसाइडस्थित होटेल प्याराडाइजबाट बिहीबार दिउँसो पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी उपरीक्षक (एसपी) दानबहादुर कार्कीले मनाङ्गेलाई पक्राउ गरिएको पुष्टि गर्दै अनुसन्धान थालिएको जानकारी दिएका छन् ।

मनाङ्गेले मंगलबार अखिल नेपाल फुटबल संघ (एन्फा) कास्कीका अध्यक्ष मिलन गुरुङलाई मञ्चमै हातपात गरेका थिए । एन्फा अध्यक्ष गुरुङले बुधबार उनीविरुद्ध किटानी जाहेरी दिएका थिए ।

उनले आफ्नो गल्तीप्रति क्षमायाचना गर्नुको सट्टा गुरुङ्गलाई उल्टै खेलकुदको नाममा भ्रष्टाचार गरेको आरोप लगाएका थिए । उनले आफूलाई प्रहरीले पक्राउ गर्नै नमिल्ने दावी गर्दै आएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७