अनलाइन मार्केपटङको नाममा ठगी गर्ने गिरोहका चार जना पक्राउ


१३ माघ २०७६, सोमबार
giroha

वीरगञ्ज, १३ माघ । अनलाइन मार्केटिङमार्फत सामान पठाउने भनी ठगी गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।

बाराको गढीमाई नगरपालिका– ३ पिप्राविर्ता घर भई वीरगञ्ज–१५ ब्रम्हचोक बस्ने २९ वर्षीय रोशन सिंह, भाइ २१ वर्षीय विशाल सिंह, भारत कलकत्ता घर भई वीरगञ्ज– १५ बस्दै आएका २६ वर्षीय सविक भक्त र ब्रम्हचोकका फारुख आलम पक्राउ परेका हुन् ।

रोशन र बिशाल वीरगञ्ज –१५ बस्ने शम्भु सिंहको छोरा हुन भने सविक उनीहरुकै घरमा डेरा गरेर बस्दै आएका थिए । उनीहरुले फेक्टरी अनलाइन सपिङ क्लब एप्स बनाएका थिए ।
एप्समार्फत एप्पल कम्पनीको मोबाइल सस्तोमा उपलब्ध गराउने र अमेरिका, क्यानडा र सिंगापुर लगायतका देशहरुको भिसा समेत मगाइदिने जस्ता झुठा आश्वासन दिन्थे ।

फेसबुक, वाट्सएप, ट्वीटर र म्यासेन्जर जस्ता सामाजिक सञ्जालहरुबाट त्यस्ता सन्देश दिएर प्रलोभनमा पारी सर्वसाधरणलाई ठगेको जिल्ला प्रहरी कार्यालय पर्साका डिएसपी गौतम थापाले जानकारी दिए ।

प्रहरीले अनुसन्धानका क्रममा नक्कली नागरिकताको प्रयोग गरी विभिन्न बैंकहरुमा खाता खोलेर सोही खातामा रकम मगाउने गरेको उनको भनाइ छ । ठगीमा प्रयोग हुने गरेको आवश्यक कागजात र मोबाइल समेत बरामद भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७