आइसिसी विश्वकप लिग–२ : अमेरिकाद्वारा ओमानलाई २१४ रनको लक्ष्य


२३ माघ २०७६, बिहीबार
oman

काठमाडौं, २३ माघ । आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत आजको खेलमा अमेरिकाले ओमानलाई २१४ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा ओमानले टस जितेर अमेरिकालाई ब्याटिङ गर्ने निम्तो दिएको थियो ।

अमेरिका ब्याटिङ गर्ने क्रममा निर्धारित ५० ओभरको खेलमा सबै विकेट गुमाउँदै २१३ रनमा समेटियो । अमेरिकाका लागि इयान हल्यान्डले ६५ रन बनाए । यसमा सात चौका सामेल थियो ।

अक्षय होमराजले ३३ रन बनाए । उनले दुई छक्का र तीन चौका प्रहार गरे । यस्तै मोनाङ्क पटेलले १९, तिमिल पटेलले १६, कप्तान सौरभ नेत्रवाल्करले अविजित १४, जेभियर मार्सलले १३, आरोन जोन्सले १२ तथा रुस्टी थेरनले १० रनको योगदान दिए ।

बलिङतर्फ ओमानका लागि मोहमद नदिमले तीन, विलाल खान, जेसन मक्सुद र अकिव लियासले दुई–दुई तथा कलिमउल्लाहले एक विकेट लिए । अहिले अमोन अमेरिकाविरुद्ध ब्याटिङ गरिरहेको छ । त्रिकोणात्मक सिरिजको पहिलो खेलमा बुधबार ओमानले नेपाललाई १८ रनले पराजित गरेको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७