छोराछोरीका कारण शाहरुख अपसेट !


प्रकाशित मिति : January 9, 2018

मुम्बई : शाहरुख खान केहि दिनयता किनै अपसेट देखिएका छन् । वास्तवमा शाहरुखका दुबै छोराछोरी आर्यन र सुहाना छुट्टिमा नयाँ वर्षमा बम्बई आएका थिए । अब आर्यन र सुहाना बिदा सकिएका कारण फेरि पढाइका लागि फर्किदैछन् ।

त्यसकारण शाहरुखले आफ्ना मुटुका टुक्राहरुसँग टाढा हुन पर्ने कारण दुःखी हुँदै आफ्ना छोराछोरीसँग खिचिएको सेल्फी सामाजिक सञ्जालमा पोष्ट गर्दै भावुकता ब्यक्त गरेका छन् ।

उनले लेखेका छन्–Holidays as they say should really be given a speeding ticket…hate dropping my kids to the airport….when holidays end… शाहरुख पुत्र आर्यन क्यालिफोर्नीयामा पढ्छन् भने सुहाना लण्डनमा पढिरहेकी छन् । आर्यन मिडियामा खासै देखिन चाहँदैनन् तर, सुहाना प्रायः ग्ल्यामरस लुक्समा देखिरहन्छिन् । उनलाई फिल्मी दुनियाँ र अभिनयमा विशेष रुची छ ।

प्रतिक्रिया दिनुहोस्