अब एनसेलमा ब्यालेन्सबाटै सुलभ दरमा डेटा सेवा


२५ फाल्गुन २०७६, आईतवार
Ncell Main Logo 1 1 scaled

काठमाडौं, २५ फागुन । एनसेलका सबै मोबाइल इन्टरनेट प्रयोगकर्ताले अब मेन ब्यालेन्सबाटै सुलभ दरमा डेटा सेवाको फाइदालिन सक्ने भएका छन् ।

एनसेलले नयाँ डेटा बोनस योजना सार्वजनिक गर्दै मेन ब्यालेन्स अर्थात पे एज यु गोबाट चलाउँदा लाग्ने रु. २ प्रतिएमबी दर ८० प्रतिशतसम्म घट्ने जनाएको हो ।

मेन ब्यालेन्सबाट इन्टरनेट चलाउँदा थप बोनस पाइने कम्पनीको भनाइ छ । मेन ब्यालेन्सबाटै डेटा सेवा प्रयोग गर्ने र अझ सुलभ दरमा डेटा सेवाप्रयोग गर्नका लागि प्याक सुविधा नलिने ग्राहकहरुलाई लक्षित यो अफर यही फागुन २५ बाट सञ्चालनमा आएको कम्पनीले जनाएको छ ।

यो अफरमा डेटा सेवाका लागि जति मात्रामा मेन ब्यालेन्स खर्च हुँदै जान्छ, डेटा सेवाको शुल्क थप घट्दै जाने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७