कोरोना आशंकामा कैलालीमा तीन जना अस्पताल भर्ना


८ चैत्र २०७६, शनिबार
Seti Hospital

कैलाली, ८ चैत । कोरोना (कोभिड–१९) भाइरस संक्रमणको आशंकामा कैलालीमा तीन जनलाई अस्पताल भर्ना गरिएको छ ।

भारतबाट आएका तीन जनालाई सीमामा चेकजाँच गर्ने क्रममा शंका लागेपछि धनगढी सेती प्रादेशिक अस्पतालमा भर्ना गरिएको अस्पतालको इमर्जेन्सी विभाग प्रमुख डा. जगदीश जोशीले जानकारी गराएका छन्

तीनै जनालाई अहिले अस्पतालको आइसोलेसन वार्डमा राखिएको उनले बताएका छन् । उनीहरूको खकार नमूना संकलन गरी शुक्रबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको डा. जोशीले जानकारी दिएका छन् । उनीहरूको रिपोर्ट सोमबार मात्र आउने पनि डा. जोशीले बताएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७