कोरोना रोकथामका लागि चार उपसमिति गठन


११ चैत्र २०७६, मंगलवार
Meeting of High Level committe

काठमाडौं,११ चैत । कोरोना भाइरस (कोभिड १९) संक्रमण बढन नदिनका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा बैठक बसेर ४ उपसमिति गठन गरेका छ । सरकारले ‘लकडाउन’ गरेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा मंगलबार बसेको बैठकले लकडाउनको अवधिभर साथै विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस कोभिड (१९) लाई फैलन नदिनका लागि भन्दै विभिन्न समिति बनाएको छ ।

त्यसअनुसार, वैदेशिक व्यवस्था समन्वय समिति, औषधी व्यवस्था समन्वय समिति, कर्मचारीको क्षमता अभिवृद्धि गर्ने समन्वय समिति, सुचना समन्वय समिति, कोरोना भाइरसको आशंकामा गरिने नमुना परीक्षणका लागि अन्य प्रयोगशालाहरु खडा गर्ने बारेमा समेत छलफल भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा सह-प्रवक्ता सागर दाहालले बताए ।


बैठकमा कोरोना भाइरस कोभिड (१९)को संक्रमण फैलिन नदिनका मंगलबार निर्माण गरिएको समिति औषधि, चिकित्सक तथा कर्मचारी, ल्याव परीक्षण लगाएका क्षेत्रमा काम गर्ने निर्णय गरिएको उनले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७