कक्षा ११ र १२ को परीक्षा अनिश्चितकालका लागि रोकियो


२५ चैत्र २०७६, मंगलवार
exam board 1112

काठमाडौं, २५ चैत । कक्षा ११ र १२ को परीक्षा अनिश्चितकालका लागि स्थगित गरिएको छ ।
राष्ट्रिय परीक्षा बोर्डको आज (मंगलबार) बसेको वैठकले कक्षा ११ र १२ को वार्षिक परीक्षा अनिश्चितकालका लागि स्थगित गर्ने निर्णय गरेको हो ।

बोर्डले कक्षा १२ को परीक्षा आगामी वैशाख ८ गते र कक्षा ११ को परीक्षा वैशाख २१ गतेबाट सञ्चालन गर्ने सूचना ७ माघमै सार्वजनिक गरेको थियो ।

संकटपूर्ण अवस्थाले परीक्षा सञ्चालन गर्न सम्भव नभएकाले स्थगित गरिएको
राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा.डा.चन्द्रमणि पौडेलले बताएका छन् । ‘अर्को सूचना सार्वजनिक नहुँदासम्मको लागि परीक्षा स्थगित गरिएको छ’ उनले भने ‘अवस्था सामान्य भइसकेपछि परीक्षा सञ्चालनको लागि नयाँ सूचना सार्वजनिक हुनेछ ।’

कोरोना संक्रमण फैलिने डरको कारण सरकारले यस अघि माध्यमिक शिक्षा परीक्षा (एसइई) पनि स्थगित गरेको थियो । एसइई परीक्षा लकडाउन खुलेपछि मात्रै गर्ने भन्दै सरकारले विद्यार्थीलाई त्यही अनुसारको तयारी गर्न आग्रह गरेको छ ।

Bhakt 11

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७