कोरोनाबाट बेलायतमा ४८ वर्षीय गुरुङको निधन


११ बैशाख २०७७, बिहीबार
aaita

बेलायत, ११ बैसाख । बेलायतमा कोरोना (कोभिड–१९) भाइरस संक्रमणबाट नेपालीहरुको ज्यान जाने क्रम बढ्दै गएको छ ।

बेलायतको वेम्ब्ली शहरमा बस्दै आएका ४८ वर्षीय आइतबहादुर गुरुङको कोरोना भाइरस संक्रमणबाट ज्यान गएको छ ।

विगत केहि वर्ष अगाडि मुटुको अप्रेसन गरेका गुरुङलाई श्वाप्रश्वासमा अफ्ठेरो भएपछि अस्पताल भर्ना गरिएको थियो । उपचारको क्रममा केहि दिन उनलाई ‘भेन्टिलेटर’ मा समेत राखिएको थियो ।

गुरुङको निधनपछि अस्पतालले परिवारलाई उपलब्ध गराएको ‘रिपोर्ट’ मा उनलाई कोरोना भाइरसको संक्रमण भएको उल्लेख गरिएको परिवारका सदस्य दीपक गुरुङले जानकारी दिएका छन् ।

लम्जुङ्ग जिल्ला आमाडाँडा पुरानो गाउँ पोखरा–१० मिलन टोल घर भएका मृतक गुरुङ पछिल्लो समय तनहुँ तमु समाज पोखराका सक्रिय सदस्य पनि थिए । उनी लामो समयदेखि परिवारसहित बेलायतमा बस्दै आएका थिए । उनको श्रीमती र एक मात्र छोरा छन् । योसँग बेलायतमा कोरोनाबाट ज्यान गुमाउने नेपालीको संख्या १९ पुगेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७