पहिलो नेपाली क्रिकेटर सन्दिप लामिछाने आईपीएलको अक्सनमा


७ माघ २०७४, आईतवार
सन्दिप लामिछाने

 

काठमाडौं: इण्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल)को अक्सनका लागि नेपाली युवा क्रिकेटर सन्दिप लामिछाने पनि छनोट भएका छन् ।सन्दिप लामिछाने
आईपीएलको अक्सनमा पर्ने उनी पहिलो नेपाली क्रिकेटर हुन् । अक्सनमा बोली लागे उनले आईपीएल खेल्ने अवसर समेत पाउनेछन् । नयाँ सिजनको आईपीएलका लागि अक्सन लिस्टमा परेपछि उनको न्यूनतम् मूल्य २० लाख भारतीय रुपैयाँ तोकिएको छ । आईपीएलको अक्सनमा छनोट भएका सन्दीप पहिलो नेपाली क्रिकेट खेलाडी हुन् ।

अब उनलाई आईपीएल खेल्ने टिमले किन्नुपर्ने हुन्छ । अक्सनमा उनलाई आईपीएलका टिमले खरिदका लागि प्रस्ताव गरेमा उनले आईपीएल खेल्न पाउने छन् । आईपीएलले अक्सनमा सबैभन्दा धेरै भारतका ३६० जना क्रिकेटरलाई राखेको छ। २१८ जना अन्य खेलाडीसहित सन्दीपसहित अन्य मुलुकका रहेका छन् । अक्सनमा समावेश जम्मा ५७८ जना खेलाडीमा सन्दीप एसोसियट देशको तर्फबाट सूचीमा २७६ नम्बरमा परेका छन् ।

यही जनवरी २७ र २८ मा बैंगलोरमा हुने अक्सनमा आईपीएका टीमहरुले सन्दीपसहितका खेलाडीमाथि बोली लगाउने कार्यक्रम छ । तर, सन्दीपले आईपीएलमा खेल्नका लागि अक्सन लिस्टमा परेर मात्रै हुँदैन । अक्सनमा परेपछि आईपीएलका टिमहरुले उनीमाथि बोली लगाएर किन्नु पनि पर्ने हुन्छ। किनेमा सन्दिप लामिछाने पनि आइपिएल खेल्न पाउने छ । यसअघि शक्ति गौचनले आईपीएल टिम राजस्थान रोयल्सका लागि ट्रायल लिएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७