सामाजिक सुरक्षा भत्तामा निरन्तर रहने, दुई लाख रोजगारी सिर्जना गरिने {भिडियाे}


१५ जेष्ठ २०७७, बिहीबार
samajik surachha bhatta tatha rojgar program

काठमाडाैं, १५ जेठ । सरकारले ज्येष्ठ नागरिकलाई दिइदै आएको सामाजिक सुरक्षा भत्ता निरन्तर रहने जानकारी दिएको छ ।   आगामी आर्थिक वर्षको बजेट घोषणा गर्दै अर्थमन्त्री डाक्टर युवराज खतिवडाले सामाजिक सुरक्षाका लागि ६७ अर्ब ५० करोड रुपैया विनियोजन गरेको हाे। 

रोनाबाट अर्थतन्त्र आहात बने पनि सामाजिक सुरक्षा भत्तामा कटौती नगरिएको अर्थमन्त्रीले घोषणा गरेको हो । वृद्ध, अशक्त, एकल महिला लगायतले सामाजिक भत्ता पाउनेछन् । उनले ज्येष्ठ नागरिकका लागि एकलाख रुपैयाँसम्मको उपचार खर्च सरकारले व्यहोर्ने घोषणा गरे ।

त्यस्तै ४ लाख विपन्न परिवारले निशुल्क रुपमा स्वास्थ्य बिमा गराउनेगरी बजेटको व्यवस्था गरेको बताए । गरिब परिचयपत्र वितरण आगामी आर्थिक वर्षभित्रै सम्पन्न गर्ने समेत उनले जानकारी दिए।

अर्थमन्त्री खतिवडाले कोभिड १९ को रोकथाम तथा नियन्त्रणका लागि अवलम्बन गरिएको कारण दैनिक जनजीवनमा परेको प्रतिकूल प्रभावलाई सहज तुल्याउन सरकारले ल्याएको तत्काल राहत कार्यक्रमलाई संक्रमण जोखिम रहँदासम्म निरन्तरता दिने उनले बताए  ।

घरेलु साना तथा मझौला उद्यम तथा कोरोना प्रभावित पर्यटन व्यवसायका श्रमिक तथा कर्मचारीको पारिश्रमिक भुक्तानी तथा व्यवसाय सञ्चालनका लागि ५ प्रतिशत ब्याजमा कर्जा उपलब्ध गराउन ५० अर्बको छुट्टै कोष खडा गर्ने व्यवस्था गरेको उनले जानकारी दिए ।

राष्ट्र बैंकमार्फत सञ्चालन हुने यो कोषमा सरकार र सरकारी स्वामित्वका सार्वजनिक संस्थान र दातृनिकायबाट प्राप्त हुने रकम रहने अर्थमन्त्री खतिवडाले बताए ।

 

प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि ११ अर्ब ६० करोड

प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि ११ अर्ब ६० करोड रुपैयाँ बजेट विनियोजन गरेको बताए । प्रधानमन्त्री रोजगार कार्यक्रमको दायरा विस्तार गर्दै यस कार्यक्रमबाट दुई लाख रोजगारी सिर्जना गरिने भएकाे हाे ।  सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रमको दायरा विस्तार गरी सङ्घ, प्रदेश र स्थानीय तहमा सञ्चालित सार्वजनिक विकास निर्माण कार्य श्रममूलक प्रविधिबाट कार्यान्वयन गर्ने भएको छ ।

चालू आर्थिक वर्षमा सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत ६० हजारलाई रोजगारी दिन रु पाँच अर्ब एक करोड बजेट विनियोजन गरेको थियो ।

कोरोनाका कारण देशको श्रम बजारमा कार्यरत विदेशी कामदार स्वदेश फर्किएपछि सिर्जना भएको रोजगारीका अवसर नेपालीले नै पाउने गरी सीप विकास तालीम र प्रविधिको पहुँच पु¥याउने प्रबन्ध मिलाएको उनले जानकारी दिए ।

कोरोनाका कारण रोजगारी गुमेका र तत्काल पुनःउत्थान भई रोजगार सिर्जना हुन नसक्ने क्षेत्रमा कार्यरत मजदुरको सीप रुपान्तरण गरी अन्यत्र काम गर्न सक्षम तुल्याउन उत्पादन र सेवा क्षेत्रका हस्तकला, पलम्बिङ, बिजुली मर्मत, इलेक्ट्रोनिक्स, कालिगढ, सिकर्मी, डकर्मी, सिलाई कटाई व्युटीसियन, कपाल कटाइलगायका सीप विकास तालिम तथा प्रशिक्षण सङ्घ र प्रदेशस्तरमा सञ्चालन गरिनेछ । यसबाट कम्तीमा ५० हजार व्यक्तिले रोजगारी प्राप्त गर्न सक्ने गरी रु एक अर्ब विनियोजन गरिएको छ ।

कोभिड–१९ का कारण स्वदेश तथा विदेशमा रहेका नागरिकको रोजगारीमा परेको असरलाई मनन् गरी देशभित्र काम र रोजगारीका थप अवसर सिर्जना गर्न बजेट विनियोजन गरेको उनले बताए । उनले मर्यादित काम, सामाजिक सुरक्षा र आदर्श श्रम सम्बन्धका माध्यमबाट श्रमको उत्पादकत्व अभिवृद्धि गर्दै सबै नेपालीलाई काम र रोजगारीको अवसर सिर्जना गर्नेतर्फ कार्यक्रम तय गरेको जानकारी दिए ।

‘आफ्नो गाउँ आफैँ बनाऊ’को भावनाअनुसार स्थानीय तहबाट सञ्चालन हुने विकास निर्माणका श्रममूलक सामाजिक तथा भौतिक विकास आयोजनामा विपन्न परिवार लक्षित कामका लागि खाद्यान्न कार्यक्रम सञ्चालन गरिनेछ ।

बेरोजगार रहेका, कोरोनाका कारण रोजगारी गुमेका र वैदेशिक रोजगारीबाट फर्केका युवालाई पारिश्रमिकसहितको जनसहभागितामूलक र प्रविधिसहितको श्रममूलक विकास निर्माणमा परिचालन गर्न आवश्यक बजेट विनियोजन गरेको उनले जानकारी दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७