कर्णालीमा ‘कम्ब्याट कोभिड–१९ प्रथम ई-कन्फ्रेन्स’


६ असार २०७७, शनिबार
E
O{–sGk|m]G;df ;xefuL lj1 tyf j}1flgs ;’v]{t, ^ c;f/ M dWo–klZrd ljZjljBfno -Pdo”_ sf] g]t[Tjdf ul7t …sDAof6 sf]le8–!( Pd8An’o’ PS:k6{ Kofg]n–@)@)Ú / g]kfn lj1fg tyf k|ljlw k|1f k|lti7fg -gfi6_ sf] ;+o’Qm k|of;df cfof]lht k|yd …g]kfndf sf]le8–!( sf] kl/b[Zo / k|j[lt ljZn]if0fdf j}1flgs ;Ëf]i7LÚ O{–sGk|m]G;df ;xefuL lj1 tyf j}1flgs . t:jL/ M z’/axfb’/ l;+x÷/f;;

सुर्खेत, ६ असार । ‘कम्ब्याट कोभिड–१९ एमडब्लुयु एक्स्पर्ट प्यानेल–२०२०’ (सिसिएमइपी–२०२०) को प्रथम ई–कन्फ्रेन्स आज कर्णालीमा सम्पन्न भएको छ ।

कन्फ्रेन्समा ‘नेपालमा कोभिड–१९ को परिदृश्य र प्रवृति विश्लेषणमा वैज्ञानिक सङ्गोष्ठी’ भएको छ । कार्यक्रमको शुरुवाती चरणमा मध्यपश्चिम विश्वविद्यालय अन्तर्गत एमआइसिडीका प्रोफेसर डा.दिनेश भुजुले कन्फ्रेन्स आयोजना र त्यसको उद्देश्यमाथि प्रकाश पारे ।

उक्त बहसमा मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्राडा. नन्दबहादुर सिंहले कोभिड–१९ को वर्तमान अवस्था र मप विश्वविद्यालयको भूमिकाबारे चर्चा गरे ।

सो अवसरमा इञ्जिनियर डा. राम आचार्यले नेपालमा कोभिड–१९ले वर्तमान अवस्थामा पारेको प्रभाव, यसको आगामी असर, चुनौति र सम्भावनाका विषयमा प्रस्तुति दिएका थिए ।

त्रिभुवन विश्वविद्यालय भौतिकशास्त्रका प्राडा. नारायण अधिकारी, नेपाल खुला विश्वविद्यालयका इपिडिमियोलोजिष्ट प्राडा.सुजनबाबु मरहट्टाले सोही सवालसँग सम्बन्धित रहेर यससँग जुध्ने रणनैतिक योजना र नविन खोजका बारेमा आफ्ना प्रस्तुतीहरु दिए ।


कार्यक्रमको समापनमा नास्टका उपकुलपति डा. सुनिलबाबु श्रेष्ठ र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव डा.सञ्जय शर्माले विश्वव्यापीरुपमा सङ्कट बनाएको यो महामारीले मानव समुदायलाई नविन खोज तथा अनुसन्धान गर्न प्रेरित गरेको बताए ।

नास्टका प्राडा गङ्गा श्रेष्ठले ‘सङ्गोष्ठी’ को सन्दर्भ र विषय समयानुकूल भएको जनाउँदै महामारीसँग जुध्न र भावी चुनौतिसँग सामना गर्न नयाँ सोच र विधिको विकास हुने तर्क गरे ।

मध्य–पश्चिमाञ्चल विश्वविद्यालय (एमयू) को नेतृत्वमा गठित ‘कम्ब्याट कोभिड–१९ एमडब्लुयु एक्स्पर्ट प्यानेल–२०२०’ र नेपाल विज्ञान तथा प्रविधि प्रज्ञान प्रतिष्ठान (नास्ट) को संयुक्त प्रयासमा आयोजित सो प्रथम कन्फ्रेन्समा विभिन्न प्रतिष्ठित संस्थासँग आवद्ध वैज्ञानिक तथा विज्ञले नेपालमा कोभिड–१९ को परिदृश्य र प्रवृति विश्लेषणसम्बन्धि प्रस्तुतिसहित विचार राखेका थिए ।

कन्फ्रेन्सले अहिलेको माहामारी, यसको प्रभाव र नेपालको भावी अवस्थाबारे गहन छलफल गर्ने, सम्बन्धित निकायसम्म सुझाव पुर्‍याउने र आम जनताको जिज्ञासा मेटाउने अपेक्षा मध्य–पश्चिम विश्वविद्यालयले गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७