पार्टी एकतामा गम्भीर संकट : प्रवक्ता श्रेष्ठ {भिडियो}


१८ असार २०७७, बिहीबार
narayankaji shrestha

काठमाडौं, १८ असार ।
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा)ले पार्टी एकतामा गम्भीर संकट पैदा भएको भन्दै समाधानका लागि अधिकतम प्रयास गर्ने निष्कर्ष निकालेको छ । बालुवाटारमा बिहीबार बसेको स्थायी कमिटि बैठकले उक्त निष्कर्ष निकालेको हो ।

बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टी एकतामा गम्भीर संकट देखा परेको र संकटबाट जोगाउन शनिबारसम्मका लागि दुवै अध्यक्ष र अरु नेताहरू प्रयास  गर्ने निष्कर्ष निकालेको बताए ।

श्रेष्ठका अनुसार बिहीबार मन्त्रिपरिषद् बैठक नबस्ने र संसद् अधिवेशन अन्त्य नगर्ने सहमति ओलीसँग भएपनि मन्त्रिपरिषद् बसेर संसद् अधिवेशन अन्त्य भएको नेकपाका अर्का अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले स्थायी कमिटी बैठकमा ब्रिफिङ गरेका थिए ।

राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेश ल्याइनसकेको बारे आफूलाई स्पष्ट पारेको पनि दाहालले स्थायी कमिटीमा सुनाएको प्रवक्ता श्रेष्ठले बताए ।



प्रधानमन्त्री ओलीले अध्यादेश ल्याउन लागिएको भन्ने चर्चापछि अध्यक्ष प्रचण्ड राष्ट्रपति भण्डारीलाई भेट्न बिहीबार दिउँसो शीतल निवास पुुगेको थियो । राष्ट्रपतिको भेटवार्तापछि प्रचण्ड बालुवाटार फर्किएपछि स्थायी कमिटी बैठक बसेको थियो । नेकपा स्थायी कमिटी बैठक अब शनिबार बिहान ११ बजे बस्ने प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७