दाजुद्वारा बालिका बहिनीको बलात्कारपछि हत्या !


१५ माघ २०७४, सोमबार
rape 1

खोटाङ, १५ माघ : नेपाली समाज दाजुभाइ दिदी–बहिनीहरुका लागि सुरक्षा सरह मानिन्छ । दाजुभाइ भएका चेलीले आफूहरुलाई अरु भन्दा सुरक्षित समेत महसुस गर्छन् । तर यहि समाजमा दानव जस्ता दाइहरु पनि छन् । जसको उदाहरण बनेको छ–खोटामा भएको ८ बर्षीया बालिकाको बलात्कारपछिको हत्या ।rape minor

खोलाको बगरमा गाडिएको अवस्थामा फेला परेकी ८ वर्षीया एक बालिकाको बलात्कारपछि हत्या गरिएको प्रहरीले पुष्टि गरेको छ । स्थानीय चिमचिमा खोलाको बगरमा गाडिएको अवस्थामा बालिकाको शव भेटिएको थियो । घटनाको आशंकामा पक्राउ परेका पाथेकाका १६ वर्षीय जीउधन राईले बालिकाको बलात्कारपछि हत्या गरेर बगरमा गाडेको खुलेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायव उपरीक्षक लोकदर्शन थापाले जानकारी दिएका छन् ।

गएको माघ १० गते मध्यान्ह हराएकी बालिकाको शव सोही राति बगरमा गाडिएको अवस्थामा भेटिएको थियो । आरोपितले शुरुमा खेल्नेक्रममा दुर्घटना भएको र मृत्यु भएको बयान दिए पनि अपराध ढाकछोपका लागि बालिकाको शव बगरमा गाडेको खुलेको प्रहरीले जनाएको छ । ‘शुरुमा जीउधनले पांग्राको खेलौनामा बालिकालाई गुडाउनेक्रममा ठोक्किएर मृत्यु भएको बयान दिएका थिए’–प्रनाउ थापाले भने–‘उसको बयान, घटनाको प्रकृति र शव परीक्षणबाट जबरजस्ती करणी गरेको पुष्टि भएको छ ।’

प्रहरीका अनुसार घटना प्रकृति र शव परीक्षणको प्रतिवेदन आएपछि हिरासतमा राखेर अनुसन्धान गरेपछि मात्र आरोपितले जबरजस्ती बलात्कार गरेर हत्या गरेको स्वीकारेका छन् । घटना लगत्तै पक्राउ परेका जीउधनविरुद्ध हाड नाता करणी र कर्तव्य ज्यानसम्बन्धी मुद्दा दर्ता गरेर कार्बाही थालिएको छ । पक्राउ परेका जीउधन र मारिएकी लुमणि नाताले दाजु बहिनी हुन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७