भारतमा कोरोनाको खोप मानिसमा परीक्षण


२ श्रावण २०७७, शुक्रबार
Covid 19 Vaccine

नयाँदिल्ली, २ साउन । भारतमा कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोपको मानिसमा परीक्षण शुरु भएको छ । भारतको हरियाणाका स्वास्थ्यमन्त्री अनिल विजका अनुसार शुक्रबार भारतको पीजीआई रोहतकमा उक्त खोपको मानिसमा परीक्षण शुरु गरिएको हो ।

भारत बायोटेक कम्पनीले निर्माण गरेको उक्त खोप यसअघि मुसा र खरायोमा परीक्षण गरिएको थियो । उक्त परीक्षण सफल भएको बताइएको छ ।

यो परीक्षण सफल भएपछि अहिले मानिसमा कोरोना भाइरसविरुद्धको खोपको परीक्षण शुरु भएको हो । यो परीक्षणमा सहभागी मानिसहरुमा खोपको कुनै पनि किसिमको नराम्रो प्रभाव नदेखिएको स्वास्थ्यमन्त्री अनिलले बताएका छन् ।

चीनको वुहानबाट शुरु भएको कोरोना भाइरसको महामारी अहिले समग्र विश्वभर फैलिएको छ । भारतमा मात्र कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १० लाख नाघेको छ । स्रोत : बीबीसी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७