‘पठाओ’ का संस्थापक फहिमको आफ्नै सहयोगीबाट विभत्स हत्या


३ श्रावण २०७७, शनिबार
93de08f9680bf87e12eff43bd9ccc360 w1000 h500 cp

काठमाडौं, ३ साउन । राइड–सेयरिङ कम्पनी पठाओका संस्थापक फहिम सलेको हत्या आरोपमा उनकै सहयोगी पक्राउ परेका छन् ।

गत सोमबार न्युयोर्कस्थित म्यानह्याटनको अपार्टमेन्टमा फहिमको शव क्षतविच्छेद भएको अवस्थामा भेटिएको थियो । फहिमको हत्या आरोपमा उनै निजी सहयोगी २१ वर्षका टाइरेस ह्यासपिल पक्राउ परेको बीबीसीले जनाएको छ ।

हत्यापछि टाइरेसले फहिमको क्रेडिट कार्ड प्रयोग गरेको देखिएको प्रहरीको भनाइ छ । हाल यस विषयमा थप अनुसन्धान जारी छ ।

फहिमले स्थापना गरेको पठाओ कम्पनी बंगलादेश, नाइजेरिया र नेपालमा निकै लोकप्रिय छ । पठाओलाई हुसेन इलिएस र फहिमले संयुक्त रुपमा स्थापना गरेका थिए । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७