गरिमा विकास बैंककाे ग्राहकलाई ग्यालेक्सी हस्पिटलमा छुट


२३ श्रावण २०७७, शुक्रबार
garima

काठमाडौं, २३ साउन । गरिमा विकास बैंकका ग्राहकले ग्यालेक्सी हस्पिटलमा उपचार गर्दा छुट पाउने भएका छन् । बैंक र हस्पिटलबीच शुक्रबार छुट सम्बन्धमा भएको सम्झौतासंगै ग्राहकले यस्तो सुविधा पाउने भएका हुन् ।

सम्झौतामा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकाल र हस्पिटलको तर्फबाट अध्यक्ष डा। हेमन्त मानन्धरले हस्ताक्षर गरेका हुन् । सम्झौता अनुसार बैंकका कर्मचारि र कर्मचारिका परिवार, भिजाकार्ड होल्डर र मोवाईल बैंकिङ्ग प्रयोगकर्ताहरुले हस्पिटलमा उपचार गराउदा १२ प्रतिशत छुट पाउनेछन् । बैंकले देशभर ९१ शखा र ५१ एटीएम मार्फत सेवा दिदै आइरहेकोे छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७