निगमले सोमबार दुबइमा उद्धार उडान भर्दै, टिकट काटिसकेकालाई ल्याइँदै

विदेशबाट फर्किनेका लागि काठमाडौंमा ‘क्वारेन्टिन होटल’ तयार


५ भाद्र २०७७, शुक्रबार
Nepal Airlines landing
फाइल फोटो

काठमाडौं, ५ भदौं । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले काठमाडौं–दुबइका लागि रद्द उडान आगामी २३ अगष्टमा सञ्चालन गर्ने भएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको स्वीकृतिमा उक्त दिन दुबइबाट काठमाडौंका लागि टिकट लिइसकेका यात्रुका लागि उडान सञ्चालन गरिने निगमले आज विज्ञप्तिमार्फत जनाएको हो ।

उक्त उडानमा कोभिड–१९ नेगेटिभ रिपोर्टसहित यात्रा गर्न पनि निगमले अनुरोध गरेको छ । निगमको उडान तालिका अनुसार बिहान ७ः३० बजे काठमाडौंबाट दुबइ जाने जहाज सोही दिन दिउँसो ४ः१५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने जनाइएको छ ।

विदेशबाट फर्किने नेपालीलाई होटलले सेवा उपलब्ध गराउने
विदेशबाट उद्धार गरी हवाई उडानमार्फत स्वदेश फर्काइने नेपालीलाई होटल सङ्घ नेपालका क्वारेन्टिनका लागि स्वीकृत सदस्य होटलहरुले सेवा उपलब्ध गराउने भएका छन् ।

सङ्घले आज एक विज्ञप्ति जारी गर्दै नेपाल सरकारबाट स्वीकृत कोभिड–१९ सङ्क्रमण रोकथाम गर्ने विश्व स्वास्थ्य सङ्गठनको सिफारिस अनुरुपको स्वास्थ्य मापदण्ड पूर्ण रुपमा पालना गरी विदेशबाट स्वदेश फर्काइने नागरिकलाई होटलको सेवा उपलब्ध गराउने जनाएको हो ।

स्वीकृत सरकारी प्रक्रिया अनुसार पाहुना न्यूनतम सात रात होटलमा अनिवार्य वस्नुपर्ने र पीसीआर परीक्षणबाट सङ्क्रमण नभएको प्रमाणित भएपछि मात्र चेकआउट गर्न पाउने छन् । पाहुनाहरुले अनिवार्य रुपमा सरकारको स्वास्थ्य मापदण्ड पालना गरी बिहान बेलुकाको सबै खानापिना होटलबाटै उपलब्ध गर्नुपर्ने जस्ता व्यवस्था गरिएको सङ्घले जनाएको छ ।

सरकारको स्वास्थ्य मापदण्ड अनुरुपका उपकरण र सामग्रीहरु सदस्य होटलले व्यवस्थापन गरी कामदार कर्मचारीलाई कोभिड- १९ सङ्क्रमण रोकथाम सम्बन्धमा नेपाल पर्यटन बोर्डको सहकार्यमा अभिमुखीकरण तालीम समेत गराई सकिएको होटल सङ्घले विज्ञप्तिमा उल्लेख गरेको छ । क्वारेन्टिनका लागि सेवा उपलब्ध गराउने होटल सङ्घका सदस्य होटल पर्यटकस्तरीयदेखि पाँच तारेसम्म छन् ।

मूल्य अभिवृद्धि कर र सेवा शुल्क समावेश गरी पर्यटक स्तरीय सदस्य होटलहरुले दिने सेवा र पाहुनाले तिर्ने न्यूनतम रकमसमेत स्वीकृत भएको जानकारी दिइएको छ ।

राष्ट्रिय सङ्कटको वर्तमान अवस्थामा सरकारको आह्वानमा सदस्य होटलहरुले उपलब्ध गराउने सेवाहरु नाफाभन्दा पनि सामाजिक उत्तरदायित्व निर्वाह गर्ने उद्देश्यबाट अभिप्रेरित भएको हुँदा प्रतिव्यक्ति न्यूनतम १८ सय र त्यस माथिको होटलको स्तरअनुसारको शुल्क स्वीकृत भएको पनि सङ्घले जनाएको छ ।

होटल सङ्घका सदस्य होटल पर्यटन विभागअन्तर्गत रही सम्बन्धित कर कार्यालयमा दर्ता भई नेपाल सरकारको होटल मापदण्ड अनुसार सञ्चालनमा रही आएको पनि होटल सङ्घ नेपालले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७