प्रचण्डलाई एकीकृत पार्टीको अध्यक्ष बनाउँदा हुन्छ : झलनाथ खनाल


२५ माघ २०७४, बिहीबार
khalanath khanal

काठमाण्डौं, २५ माघ : नेकपा एमालेका पूर्व अध्यक्ष तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले वाम एकतापछिको एकीकृत पार्टीको अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई बनाउँदा केहि फरक नपर्ने बताएका छन् ।khalanath khanal

उनले आफू प्रचण्डलाई एकीकृत पार्टीको अध्यक्ष मान्न तयार रहेको बताउँदै वाम एकता भड्किन नदिन अरुले पनि प्रचण्डलाई पार्टी अध्यक्ष दिन तयार हुनुपर्ने बताएका छन् । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री र अध्यक्ष दुबै पद आफैं राख्न चाहेको गुनासो माओवादी नेताहरुबाट आइरहेका बेला एमालेका पूर्व अध्यक्ष खनालले पार्टी एकताका लागि सबैले त्याग गर्नुपर्ने बताएका छन् ।

पार्टी एकतामा भईरहेको विलम्व र आंकाप्रति खनालले भने–‘बाहिर कुरा विभिन्न प्रकारका आउँछन् । तर, एकता प्रक्रिया टुट्न नदिन हामी सामुहिक रुपमा बसेर गम्भिर छलफल र समीक्षा गछौं । उनले पार्टी एकतामा दुवै पक्षको सम्मानजनक स्थिति हुनुपर्ने बताउँदै भने–‘पार्टी एकता हुन्छ, प्रचण्डलाई अध्यक्ष मानेर भए पनि एकतालाई भड्किन दिंदैनौं ।’ खनालले विगतमा नेकपा माले र माक्र्सवादीबीच पार्टी एकता गर्दा सानो पार्टीका नेता मनमोहन अधिकारीलाई अध्यक्ष दिएर मदन भण्डारी महासचिवमा बसेको नजीर अनुसार पनि अघि बढ्न सकिने बताएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७