प्रधानमन्त्री अहिले अर्थ, शहरीसहित एकै साथ ५१ निकायको प्रमुखको जिम्मेवारीमा

कोरोनाबीच सरकारको आम्दानी कति, खर्च कति ?


२१ आश्विन २०७७, बुधबार
pM KP SHARMA Oli

काठमाडौं, २१ असोज । आयको बाटो साँघुरो, खर्च भने पहिलाभन्दा बढी । मुलुकको आय र व्ययको तराजुमा ढलपल भइरहेको छ । दुई महिनाको वस्तुुस्थिति मात्र हेर्ने हो भने सरकारको खर्च पहिलाभन्दा १५ प्रतिशतले उकालो लागेको छ अनि आम्दानीचाहिँ अघिल्लो वर्षको तुलनामा १६ प्रतिशतले ओरालो ।

सरकारको हिसाब-किताब राख्ने अड्डा महालेखाको तथ्यले भन्छ, साउन र भदौ महिनाको अवधिमा सरकारको आम्दानी खुम्चिएर १ खर्ब १८ अर्ब ५३ करोडमा सीमित छ । यो भनेको अघिल्लो आर्थिक वर्षको तुलनामा झण्डै २० अर्बले गिरावट हो । अघिल्लो आवको सोही अवधिमा आम्दानी १ खर्ब ३८ अर्ब हाराहारी थियो ।

पछिल्लो (साउन-भदौ) दुई महिनामा सरकारले ७५ अर्ब २४ करोड रुपैयाँ खर्च गर्‍यो । यो अघिल्लो वर्ष आर्थिक वर्षको यही अवधिको तुलनामा झण्डै १० अर्ब ४ करोडले बढी हो । अघिल्लो यही अवधिमा खर्च ६५ अर्ब २७ करोड ३३ लाख थियो । अघिल्लो आर्थिक वर्ष यही अवधिको तुलनामा आम्दानी २० अर्बले घट्दा खर्चच ाहिँ १० अर्बले बढेको छ ।

यो अवधिमा राजश्व, कर र गैरकरबाट १ खर्ब ४७ अर्ब रुपैयाँ आम्दानी भएको छ । यस्तै चालु, पुँजीगत र विभिन्न दातृनिकायबाट लिएको ऋृण तिर्ने नाममा गरी १ खर्ब ३३ अर्ब ८५ करोड रुपैयाँ खर्च भइसकेको छ ।

यो हिसाबले सरकारी कोषमा अब १४ अर्ब ८५ करोड हाराहारी मात्र बचत देखिन्छ । यता आम्दानीको स्रोत खुम्चदै जाँदा खर्च भने ह्वात्तै बढेको छ । महालेखाकै तथ्यांक अनुसार पछिल्लो ४ दिनमै सरकारले झण्डै २४ अर्ब खर्च गरिसकेको छ ।

असोज १५ गतेदेखि १८ गतेसम्म सरकारले २३ अर्ब २१ करोड ८९ लाख रुपैयाँ खर्च गरेको छ । १५ असोजमा ८ अर्ब २४ करोड २४ लाख निकासा गयो भने १६ असोजमा ९ अर्ब ९१ करोड ४२ लाख, १७ गते १० करोड ६३ लाख रुपैयाँ र असोज १८ गते ४ अर्ब ९५ करोड ४२ लाख रुपैयाँ खर्च भएको छ ।

यो रकम कर्मचारीहरूको पेश्की, तलब, पेन्सनमै बढी खर्च भएको महालेखाका अधिकारीहरू सुनाउँछन् । प्रधानमन्त्री केपी ओली अहिले अर्थ, शहरी, सञ्चारसहित एकै साथ विभिन्न ५१ वटा निकायको प्रमुखको जिम्मेवारीमा भएको खबर जनआस्था साप्ताहिकले छापेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७