परीक्षा हलमा मास्क अनिवार्य : लोकसेवामा नक्कली परीक्षार्थीको जोखिम


२३ आश्विन २०७७, शुक्रबार
Loksewa Aayog 1

काठमाडौं, २३ असोज । संक्रमणको विशेष अवस्थामा परीक्षा (सञ्चालन तथा व्यवस्थापन)सम्बन्धी मापदण्ड-२०७७ लागू गरेर परीक्षा सञ्चालन गर्ने लोकसेवा आयोगको तयारी छ ।

मापदण्डअनुसार परीक्षाहलमा परीक्षार्थीका लागि मास्क अनिवार्य गरिएको छ, जसबाट नक्कली परीक्षार्थी परीक्षामा सहभागी हुने जोखिम देखिएको छ ।

कोरोना महामारीबीच लोकसेवा आयोगले स्थगित र नयाँ परीक्षाको कार्यतालिका धमाधम सार्वजनिक गरेको छ । स्वास्थ्यसम्बन्धी मापदण्ड लागू गरेर कात्तिकदेखि परीक्षा सञ्चालन गर्ने लोकसेवाको तयारी छ । तर, यसले नक्कली परीक्षार्थी बढ्ने जोखिम बढाएको छ ।

बमसंक्रमणको विशेष अवस्थामा परीक्षा (सञ्चालन तथा व्यवस्थापन) सम्बन्धी मापदण्ड-२०७७ लागू गरेर परीक्षा सञ्चालन गर्न लागिएको छ । यो मापदण्डअनुसार परीक्षाहलमा परीक्षार्थीका लागि मास्क अनिवार्य गरिएको छ, जसबाट नक्कली परीक्षार्थी परीक्षामा सहभागी हुने जोखिम देखिएको छ ।

मास्कका कारण परीक्षार्थीको अनुहार पहिचान गर्न गाह्रो हुँदा एउटाको परीक्षामा अर्को व्यक्ति सहभागी हुन सक्ने जोखिम छ । आयोगको बैठकमा समेत जोखिम बढ्न सक्नेबारे छलफल भएको थियो । तर, मापदण्डमा यससम्बन्धी केही उल्लेख छैन । तर, आयोग सचेत रहेको प्रवक्ता गीताकुमारी होमेगाईले बताइन् ।

आयोग प्रवक्ता गीताकुमारी होमेगाईं भन्छिन्- मास्कका कारण एउटाको परीक्षा दिन अर्को आउने जोखिम हुन सक्छ । आयोगको बैठकमा पनि यस विषयमा छलफल भएको थियो । तर, हामीले सुरुमा एकपटक मास्क खोल्न लगाएर क्रसचेक गर्छौँ । यसमा हामी सचेत छौँ ।

‘मास्कका कारण एउटाको परीक्षा दिन अर्को आउने जोखिम हुन सक्छ,’ प्रवक्ता होमेगाईले भनिन्, ‘हामीले सुरुमा एकपटक मास्क खोल्न लगाएर क्रसचेक गर्छौँ ।’ दूरी कायम गरेर एकपटक मास्क खोल्न लगाउने र प्रवेशपत्रमा भएको तस्बिर तथा परीक्षार्थीको अनुहार हेर्ने प्रणाली लागू हुने सम्भावना छ ।

सामान्य अवस्थामा पनि आयोगको परीक्षामा पटक-पटक नक्कली परीक्षार्थी पक्राउ परेका छन् । बायोमेट्रिक प्रविधिसहितको कार्ड वा प्रवेशपत्रको व्यवस्था हुन नसक्दा नक्कली परीक्षार्थीको समस्या आयोगले भोग्दै आएको छ ।

आयोगले बनाएको मापदण्डमा एउटा परीक्षा केन्द्रमा बढीमा सय परीक्षार्थी तथा एउटा कोठामा बढीमा २५ जनालाई सहभागी गराइनेछ । दुई मिटर कायम हुने गरी सिट प्लानिङ गरिने मापदण्डमा उल्लेख छ ।

परीक्षार्थीले अनिवार्य रूपमा स्यानिटाइजर र मास्क प्रयोग गर्नुपर्नेछ । परीक्षार्थीले पिउने पानी आफैले लैजानुपर्ने हुन्छ । यसका बाबजुद हाजिरी गर्ने तथा कपी बुझ्नेलगायत काममा चुनौती हुने भएकाले त्यसमा विशेष सतर्कता अपनाउने उल्लेख गरिएको छ ।

आयोगको परीक्षा खर्च पनि बढ्ने भएको छ । विगतमा भन्दा झन्डै दोब्बर परीक्षा हल प्रयोग गर्नुपर्ने भएको छ । परीक्षा केन्द्रको भाडा विगतमा दुई परीक्षार्थीबराबर हाल एकजनाको उपलब्ध गराउने निणर्य भएको छ । त्यस्तै, जनशक्ति पनि धेरै लाग्ने भएकाले स्वाभाविक रूपमा खर्च बढ्ने आयोगकी प्रवक्ता होमेगाई बताउँछिन् ।

आयोगले गत आर्थिक वर्षमा रोकिएका सबै परीक्षा सञ्चालन प्रक्रियामा लगिसकेको छ । प्रवक्ता होमेगाईका अनुसार धेरै परीक्षाको कार्यतालिका सार्वजनिक भइसकेको छ । चालू आर्थिक वर्षको परीक्षा कार्यक्रम पनि संशोधन भइसकेको छ । नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७