वीरगञ्जमा यसरी बरामद गरियो २३ किलो सुन र दुई किलो बढी चाँदीका भाँडाकुँडा (अपडेट)


१ कार्तिक २०७७, शनिबार
gold birguange

वीरगञ्ज, १ कार्तिक । प्रहरीले पर्साको वीरगञ्जस्थित श्रीगणेश अपार्टमेन्टबाट २३ किलो बढी सुन र २ किलोभन्दा बढी चाँदी बरामद गरेको छ ।

भन्सारका एजेन्ट समेत रहेका भारतीय नागरिक अशोक सिन्हा बस्ने गरेको अपार्टमेन्टको तेस्रो तलास्थित ३०३ नं फ्ल्याटबाट केही गहना र बाँकी कच्चा सुन बरामद गरिएको प्रहरीले जनाएको छ । भारतको चम्मपारण हरैयाका सिन्हा भने फरार छन् ।

एक किलो दरका १३ वटा, ५ टेल्स ९९९९ गोल्ड लेखिएका ४६ पिस गरी ८ किलो ७७६ ग्राम र एक सय ग्रामका १० पिस गरी एक किलो काँचो सुन बरामद भएको पर्साकी प्रहरी प्रमुख एसपी गंगा पन्तले जानकारी दिइन् । यस्तै सुनकै ६८१ ग्रामका गहना समेत उक्त कोठाबाट बरामद भएको छ ।

चाँदीका गरगहाना तथा थाललगायतका भाँडाकुँडा गरी २ केजी २६२ ग्राम बरामद भएको छ । प्रहरीले केही दिनअघि नै सूचना पाएको भए पनि भारतीय नागरिक नभएका कारण छापा मारेको थिएन । कुर्दा समेत भारतीय नागरिक नआएपछि शनिबार दिउँसो छापा मारेर उक्त सामान बरामद गरेको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७