सांसद प्रभु साहका सवारी चालकलाई कोरोना संक्रमण


३ कार्तिक २०७७, सोमबार
Prabhu Sah CPN

काठमाडौं, ३ कार्तिक । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा सांसद प्रभु साहको एक जना सवारी चालकलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

आइतबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा उनको रिपोर्ट कोरोना पोजेटिभ आएको हो । नेकपा प्रदेश–२ का अध्यक्ष समेत रहेका पूर्वमन्त्री साहको सम्पूर्ण सचिवालयको पिसिआर टेस्ट गर्दा एक जना चालकमा कोरोना देखिएको उनका स्वकीय सचिव विजय यादवले बताए ।

रौतहट घर भई काठमाडौमा बस्दै आएका २५ वर्षीय उनी अहिले होम आईसोलेसनमा रहेको र उनको स्वास्थ्य स्थिति सामान्य रहेको यादवले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७