काठमाडौं उपत्यकामा आज बिहानको तापक्रम यो वर्षकै कम, तापक्रम ११.४ डिग्रीमा झर्‍यो


१२ कार्तिक २०७७, बुधबार
kathamandu

काठमाडौं, १२ कार्तिक । काठमाडौं उपत्यकामा आज (बुधबार) बिहानको तापक्रम यो वर्षकै कम मापन गरिएको छ ।

आज बिहान काठमाण्डौको तापक्रम ११ दशमलव ४ डिग्री सेल्सियसमा झरेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार यसअघि गएको आइतबार काठमाडौंको तापक्रम १२ दशमलव ५ डिग्री सेल्सियस थियो । त्यसयता बढेर हिजो न्यूनतम तापक्रम १५ डिग्री पुगेको काठमाडौंको आज बिहानको तापक्रम झण्डै ४ डिग्रीले बढेको हो ।

आज दिउँसो काठमाडौंको तापक्रम २५ देखि २७ डिग्री सेल्सियससम्म पुग्ने महाशाखाको अनुमान छ । यसैबीच आज पहाडी क्षेत्रको मौसम घाम लाग्दै बादल लाग्ने र अरु ठाउँको मौसम सामान्यतया सफा रहने मौसमविद् शान्ति कँडेलले जानकारी दिएकी छिन् । उनका अनुसार बादल लागे पनि पानी भने कतै पनि पर्दैन ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७