नेपालमा १ लाख ६२ हजार ३५४ पुग्याे कोरोना संक्रमित {भिडियाे}


१२ कार्तिक २०७७, बुधबार
korona gautam1

काठमाडौं, १२ कार्तिक । नेपालमा बुधबार थप १ हजार ९ सय ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशका बिभिन्न स्थानमा गरिएको परिक्षणका क्रममा थप १ हजार ९ सय ५४ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिए ।

उनका अनुसार बुधबार काठमाडौं उपत्यकामा थप ८ सय ४३ जनामा कोरोना देखिएको छ । जसमध्ये काठमाडौंमा ६ सय ९६, भक्तपुरमा २९ र ललितपुरमा १ सय १८ जना कोरोना संक्रमति थपिएका छन् ।

यो संगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ६२ हजार ३५४ पुगेको प्रवक्ता गौतमले बताउनुभयो । त्यस्तै कोरोनाका कारण थप ११ जनाको मृत्यु भएको छ भने हालसम्म कोरोनाका कारण ८ सय ८७ जनाको मृत्यु भएको मन्त्रालयका प्रवक्ता गौतमले जानकारी दिए।

उहाँका अनुसार बुधबार थप २ हजार ९ सय ८१ जना संक्रमित निको भएर डिष्चार्ज भएका छन् भने हाल सम्म १ लाख २१ हजार ८ सय २४ जना संक्रमित निको भएका छन् । हाल सक्रिय संक्रमितको संख्या ३९ हजार ६ सय ४३ जना रहेको छ ।

हाल क्वारेन्टाइनमा २ हजार ८ सय ८९ जना छन् । नेपालमा हालसम्म १४ लाख ९ हजार २९५ वटा नमुना पिसिआर परिक्षण गरिएको मन्त्रालयले जानकारी दिएको छ ।

नेपालमा कोरोनामुक्त हुने दर ७४ प्रतिशत नाघ्यो

नेपालमा कोरोनामुक्त हुने दर ७४।१ प्रतिशत नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म एक लाख १८ हजार आठ सय ४३ जना कोरोनामुक्त भएका छन् । प्रदेश–१ मा ११ हजार २९, प्रदेश २ मा १६ हजार चार सय ७८, बागमतीमा ५७ हजार नौ सय ५५, गण्डकीमा पाँच हजार सात सय ६०, लुम्बिनीमा १४ हजार पाँच सय १०, कर्णालीमा चार हजार ६ सष २० र सुदूरपश्चिममा आठ हजार चार सय ९१ संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टा ९मंगलबार० तीन हजार एक सय ६८ जना कोरोनामुक्त भएका छन् । देशभर मंगलबार पाँच सय ७० जनामा संक्रमण पुष्टि भएको छ । दुई हजार सात सय २५ नमुना परीक्षण गर्दा उक्त संख्यामा संक्रमण पुष्टि भएको हो ।

काठमाडौंमा दुई सय २५, भक्तपुरमा चार र ललितपुरमा २३ संक्रमित थपिएका छन् । प्रदेश १ मा ३५, प्रदेश २ मा १५, बागमतीमा दुई सय ७३, गण्डकीमा ८० र लुम्बिनीमा एक सय ६७ जनामा संक्रमण पुष्टि भएको छ ।
कर्णाली र सुदूपश्चिममा मंगलबार संक्रमित भेटिएका छैनन् । नेपालमा कोरोना संक्रमितको संख्या एक लाख ६० हजार चार सय पुगेको छ । दशैंमा परीक्षण नभएका कारण नयाँ संक्रमितको संख्या घटेको छ ।

४० हजार ६ सय ८१ सक्रिय संक्रमित आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ । संक्रमितमध्ये दुई सय ८१ को सघन उपचार कक्ष र ७१ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । कूल ३२ हजार चार सय ६४ संक्रमित होम आइसोलेसनमा छन् ।

झापा, मोरङ, सुनसरी, काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, कास्की, नवलपरासी पूर्व, दाङ, रुपन्देही, बाँके, सुर्खेत र कैलालीमा पाँच सय बढी सक्रिय संक्रमित छन् भने मुस्ताङमा सक्रिय संक्रमित छैनन् ।

पछिल्लो २४ घण्टामा ९मंगलबार० कोरोना संक्रमितबाट १४ जनाले ज्यान गुमाएका छन् । यससँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या आठ सय ७६ पुगेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७