पर्यटनमन्त्री भट्टराईद्वारा आइसिटी केन्द्रको उद्घाटन


२२ कार्तिक २०७७, शनिबार
unnamed 1

ताप्लेजुङ, २२ कार्तिक । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–३ स्थित सिवा माध्यमिक विद्यालयमा स्थापित आइसिटी केन्द्रको आज बिहान उद्घाटन गरेका छन् ।

मन्त्री भट्टराईकै पहलमा करिब रु एक करोड बराबरका प्रविधिमैत्री शैक्षिक सामग्री विद्यालयले प्राप्त गरेको थियो ।

चौबिस वटा कम्प्युटर, प्रिन्टर, इन्टरनेटलगायतको व्यवस्थापनसँगै उक्त विद्यालयमा सूचना प्रविधि कक्षको स्थापना गरिएको विद्यालयले जनाएको छ । मन्त्री भट्टराईसमक्ष एउटा छात्रावास, विज्ञान प्रयोगशाला भवन र विद्यालय संरक्षणका लागि घेराबारालगायतका लागि पहल गरिदिन विद्यालयले अनुरोध समेत गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७