बुटवलमा गुल्मीका संक्रमितको मृत्यु


४ मंसिर २०७७, बिहीबार
butwal hospital

बुटवल, ४ मंसिर । कोरोना भाइरस संक्रमणबाट रूपन्देहीको बुटवलस्थित कोरोना विशेष अस्पतालमा थप एक जनाको ज्यान गएको छ ।

त्यु हुनेमा गुल्मीको सत्यवती–६ का ६२ वर्षीय पुरुष रहेको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले बताए । गौतमका अनुसार गत कात्तिक २३ गते पीसीआर पोजिटिभ आई अस्पताल भर्ना भएका उनको बुधबार राति १२ बजेर ४५ मिनेटमा मृत्यु भएको हो । ती व्यक्तिमा निमोनियाको समस्या थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७