प्रदेश–३ को भौतिक पूर्वाधार मन्त्री बन्दै केशव स्थापित


२९ माघ २०७४, सोमबार
keshav stapit

काठमाण्डौं, २९ माघ : काठमाडौं महानगरपालिकाका पूर्व मेयर केशव स्थापित प्रदेश–३ को भौतिक पूर्वाधार मन्त्री बन्ने भएका छन् । मुख्यमन्त्री डोरमणि पौडेलले सोमबार विहान सपथ लिए लगत्तै मन्त्रिपरिषद विस्तार गर्ने तयारी गरेका छन् ।keshav stapit

पौडेलले आज ३ सदस्यीय मन्त्रिपरिषद गठन गर्ने तयारी गरेका छन् । जसमा केशव स्थापित भौतिक पूर्वाधार मन्त्री बन्ने भएका हुन् । काठमाडौं महानगरको मेयर हुँदा चामत्कारिक काम गर्ने छवि बनाएका स्थापित यसअघि मुख्यमन्त्रीको समेत दावेदार थिए । पार्टी एकता ठोस रुपमा नटुङ्गिएसम्म माओवादीले भने मन्त्रीको नाम सिफारिस नगर्ने वताएको छ ।

पार्टी एकता नटुङ्गिए पनि प्रदेश सरकारका मुख्यमन्त्री र सभामुख भने माओवादीले पठाएको छ । प्रदेश सरकार गठनमा मन्त्री सिफारिस नगर्ने माओवादीको निर्णयलाई अर्थपूर्ण रुपमा लिइएको छ । प्रदेश ३ मा माओवादी समेतको समर्थनमा पौडेल मुख्यमन्त्री नियुक्त भए पनि सरकार गठनका लागि एमाले एक्लैको बहुमत छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७