‘राष्ट्रवादी हौ’ भनेर दावी नगर्न पूर्वराजा र राजावादीलाई डा. भट्टराईको चेतावनी


१२ मंसिर २०७७, शुक्रबार
baburam bhattarai

काठमाडौं, १२ मंसिर । जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले आफूलाई ‘राष्ट्रवादी हौं’ भनेर दावी नगर्न पूर्वराजा र राजावादीहरुलाई चेतावनी दिएका छन् ।

देशका विभिन्न जिल्लामा राजतन्त्रको पक्षमा भइरहेका प्रदर्शनतर्फ संकेत गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका भट्टराईले अरू जेसुकै दावी गरे पनि आफूलाई ‘राष्ट्रवादी’ हौँ भनेर दावी नगर्न पूर्वराजा र राजावादीहरूलाई चेतावनी दिएका हुन् ।

b 6

उनले राजवादीहरुले देशभित्र र बाहिर धर्मको राजनीति गरिरहेको र त्यो कुरा नेपाली जनताले बुझेको समेत बताएका छन् । उनले राजवादीहरुले देश बाहिर भइरहेको धर्मको राजनीतिसँग राजावादीहरुको सालनाल जोडिएको कुरालाई नेपाली जनताले बुझेको भन्दै भ्रममा नपार्न चेतावनी दिएका हुन् ।

उनले ठूलो परिवर्तनपछि नेपालमा गणतन्त्र ल्याइएको भन्दै यसको जग हल्लिँदा आउने अस्थिरताले देशको भविष्य के हुन्छ भन्ने बारेमा सोच्न समेत राजावादीहरुलाई आग्रह गरेका छन् ।

c 1

‘पूर्वराजा र राजावादीहरूले अरू जेसुकै दावी गरे पनि आफूलाई ’राष्ट्रवादी’ चैं नभनून !, उनको जस्तो धर्मको राजनीति देश बाहिर कसले गरिरहेको छ र त्यसको सालनाल कसरी जोडिएको छ नेपाली जनताले बुझेका छैनन् भन्ने नठानून् । नेपालमा गणतन्त्रको जग हल्लिँदा आउने अस्थिरताले देशको भविष्य के हुन्छ, सोचून !’, शुक्रबार बिहान सामाजिक सञ्जाल ट्वीटरमा अध्यक्ष भट्टराइले लेखेका छन् ।

गणतन्त्र, संघीयता, धर्म निरपेक्षता, समावेशी लोकतन्त्र आधुनिक नेपालरूपी खाटका चार खुट्टा भएको भन्दै कुनै एउटा खुट्टा भाँचिदा पूरै खाट लड्छ भन्ने वैज्ञानिक तथ्यलाई बुझ्न पनि उनले चेतावनी दिएका छन् ।

‘गणतन्त्र, संघीयता, धर्म निरपेक्षता, समावेशी लोकतन्त्र आधुनिक नेपालरूपी खाटका चार खुट्टा हुन् । यीमध्ये कुनै एक खुट्टा भाँचिँदा पूरै खाट लड्छ । यो वैज्ञानिक तथ्य विभिन्न पार्टीभित्र रहेका छद्म राजावादी, एकल धर्मवादी, संघीयता विरोधीहरूले बेलैमा बुझून् । चकचके बाँदरको कथामा झैं आफ्नै अण्डकोष नफोरून् !’, उनले लेखेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७