आज थपिएका १,७०३ जनामा कोरोना संक्रमितमध्ये कुन जिल्लाका कति ?


१२ मंसिर २०७७, शुक्रबार
korona

काठमाडौं, १२ मंसिर । नेपालमा पछिल्लो २४ घण्टामा थप एक हजार ७०३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसहित नेपालमा कोरोना संक्रमितको संख्या २ लाख २९ हजार ३४३ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज देशभर १ हजार २ सय ३६ जना संक्रमणमुक्त भएका छन् । योसँगै संक्रमणमुक्त हुनेको संख्या २ लाख १० हजार ६७१ पुगेको छ ।

आज देशभर १७ हजार २ सय ३७ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा देशभर २३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । अहिलेसम्म एक हजार ४३५ जना संक्रमितको मृत्यु भइसकेको छ । पछिल्लो २४ घण्टामा १० हजार ४ सय ६० जनाको पिसिआर परीक्षण भएको छ ।
पछिल्लो २४ घण्टामा कुन जिल्लामा कति संक्रमित थपिए ?
पछिल्लो २४ घण्टामा प्रदेश–१ को इलाममा १, उदयपुरमा २, ओखलढुंगामा १, खोटाङमा ३, झापामा ९६, ताप्लेजुङमा २, धनकुटामा १, पाँचथरमा २, भोजपुरमा २, मोरङमा १ सय ९, संखुवासभामा १ र सुनसरीमा ३९ जनामा कोरोना भेटिएको छ ।

प्रदेश–२ को धुनषामा ११, पर्सामा ९, बारामा ६, महोत्तरीमा ४, रौतहटमा २, सप्तरीमा ९, सर्लाहीमा ६ र सिरहामा ९ जनामा कोरोना पाइएको छ ।

बागमती प्रदेशको काठमाडौंमा मात्र ५९९ जनामा कोरोना पुष्टि भएको छ । काभ्रेमा २८, चितवनमा २५, दोलखामा १०, धादिङमा ७, नुवाकोटमा १६, भक्तपुरमा ६३, मकवानपुरमा २१, रसुवामा १, ललितपुरमा १६०, सिन्धुलीमा ४ र सिन्धुपाल्चोकमा ६ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ ।

परीक्षणमा गण्डकी प्रदेशको कास्कीमा ५४, गोरखामा ८, तनहुँमा १५, नवलपरासी पूर्वमा ४, पर्वतमा १०, लमजुङमा ५ र स्याङजामा १० जनामा कोरोना पुष्टि भएको छ ।

लुम्बिनी प्रदेशको अर्घाखाँचीमा १, कपिलवस्तुमा ११, गुल्मीमा ११, दाङमा ४५, नलवपरासीमा १५, पाल्पामा १७, प्यूठानमा ३, बर्दियामा २३, बाँकेमा २६, रोल्पामा २ र रुपन्देहीमा ७० जनामा कोरोना पाइएको छ ।

यस्तै कर्णाली प्रदेशको जाजरकोटमा ४, जुम्लामा ९, दैलेखमा ८, मुगुमा २, रुकुम पश्चिममा १, सल्यानमा ६ र सुर्खेतमा ४ मात्र कोरोना भेटिएको छ ।

सुदूरपश्चिम प्रदेशको अछाममा ८, कञ्चनपुरमा १२, कैलालीमा ३७, डडेल्धरामा ६, डोटीमा १, दार्चुलामा १, बझाङमा ८ र बैतडीमा ११ जनामा कोरोना भेटिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७