लुम्बिनी चिनी मिलका सञ्चालक मनोज अग्रवाल पक्राउ


१६ पुष २०७७, बिहीबार
lumbini sugar mills

काठमाडौं, १६ पुस । लुम्बिनी चिनी मिलका सञ्चालक मनोज अग्रवाललाई पक्राउ परेका छन् । प्रहरीले उनलाई पर्साबाट पक्राउ गरेको जनाएको छ ।

महानगरीय अपराध महाशाखा बानेश्वरको आग्रहमा जिल्ला प्रहरी कार्यालय, पर्साले उनलाई पक्राउ गरेको प्रदेश–२ प्रहरी प्रमुख डीआईजी धिरजप्रताप सिंहले जानकारी दिएका छन् । उनलाई काठमाडौं पठाउने तयारी भइरहेको छ ।

ukhu kisan 1

चिनी मिल सुशीला गोयलका नाममा दर्ता भए पनि सबै कारोबार अग्रवालमार्फत् हुने गरेको जनाइएको छ । पक्राउ परिसकेपछि उखु किसानलाई दिन करिब अग्रवालले एक करोड रुपैयाँ जम्मा गरिसकेका छन् । अग्रवालले करिब १७ करोड रुपैयाँ तिर्न बाँकी रहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७