चिकित्सा शिक्षा आयोगद्वारा शुल्क निर्धारण, स्नातकोत्तर पढ्न कुन विषयलाई कति ?


२८ पुष २०७७, मंगलवार
chikitshasikhaya aayog

काठमाडौं, २८ पुस । चिकित्सा शिक्षा आयोगले स्नातकोत्तर तहको शुल्क निर्धारण गरेको छ । एमडी र एमएस क्लिनिकल र एमडीएस क्लिनिकल अध्ययन गर्न २२ लाख ९९ हजार रुपैयाँ तोकिएको छ ।

यस्तै एमडी र एमएस बेसिक साइन्स (ननक्लिनिकल) र एमडीएस नन क्लिनिकल अध्ययन गर्न १० लाख ४८ हजार १ सय ३५ रुपैयाँ निर्धारण गरिएको छ । एमडी आयुर्वेद पढ्न ९ लाख २४ हजार ३ सय ६५, एमएन र एमएस्सी नर्सिङका लागि ८ लाख ८८ हजार २ सय ५०, एमपीएचका लागि पनि ८ लाख ८८ हजार २ सय ५० र एमफर्माका लागि ५ लाख १ हजार ६ सय रुपैयाँ तोकिएको छ ।

एम एस्सी एम.एल.टी, एम.एस्सी एम.आई.टी, एम.एस्सी मेडिकल माइक्रोबायोलोजी.र.बायोकेमेस्ट्री र एम.एस्सी बेसिक साइन्स अध्ययन गर्न समान ७ लाख ३१ हजार ५ सय रुपैयाँ शुल्क तोकिएको छ । एमफिल क्लिनिकल साइकोलोजीका लागि भने २ लाख ९३ हजार ६४५ रुपैयाँ तोकिएको चिकित्सा शिक्षा आयोगले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७