नेपाल आइपुग्यो भारतले दिएको कोरोनाको खोप


८ माघ २०७७, बिहीबार
korona khop scaled

काठमाडौं, ८ माघ । भारतले दिएको अनुदानको कोरोना भाइरसविरुद्धको खोप नेपाल आएको छ । बिहीबार मध्यान्ह १२ बजे खोप एयर इण्डियाको विमानबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेको हो ।

korona khop 1

नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले स्वास्थ्यमन्त्री हृदयस त्रिपाठीलाई १० लाख डोज खोप हस्तान्तरण गर्ने कार्यक्रम छ । खोप लिनका लागि विमानस्थलमा स्वास्थ्य सेवा विभागको रेफ्रिजेरेटर ट्रकले पुगेको छ ।

भारतले दिएको खोपलाई हाल स्वास्थ्य सेवा विभागको स्टोरमा राख्ने र त्यहाँबाट विभिन्न प्रदेश हुँदै जिल्लाहरुमा पठाउने तयारी स्वास्थ्य मन्त्रालयले गरेको छ । स्वास्थ्य मन्त्रालयका अनुसरा १० दिनभित्र खोप देशभर पुर्‍याई सकिने छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७