रुसी राष्ट्रपतिले बनाए अर्बौंको आलिशान दरबार, नभाल्नीले भने, ‘पुटिन भ्रष्टाचारी हुन्’


११ माघ २०७७, आईतवार
putin kake

काठमाडौं, ११ माघ । रुसी राष्ट्रपति भ्लादिमीर पुटिनले अर्बौंको आलिशान दरबार बनाएको खुलासा भएको छ । पुटिनले बनाएको भनिएको उक्त दरबारको खुलासा भने उनका प्रखर आलोचक एलेक्सी नभाल्नीले एक भिडियोमार्फत् गरेका हुन् ।

मोनाकोको भूगोलभन्दा ३९ गुना बढी क्षेत्र चर्चिएको भनिएको ब्ल्याक सीमा अवस्थित उक्त दरबार भएको स्थानमा एउटा जुवाघर, आइस हकी खेल्ने रिङ्क र अङ्गुर बगैँचा भएको बताइएको छ । उक्त विलासी दरबार निर्माणका क्रममा रुसी राष्ट्रपति पुटिनले अवैध धनको प्रयोग गरेको दाबी पनि नभाल्नीले गरेका छन् ।

उक्त भिडिओ पाँच दिनमा सात करोडभन्दा बढीले हेरेका छन् । जर्मनीबाट मस्को फर्किनेक्रममा विमानस्थलमै नभाल्नीलाई पक्राउ गरेर जेल पठाइएपछि उनकै समूहले उक्त भिडिओ सार्वजनिक गरेको हो । जालझेलसम्बन्धि मुद्दामा पक्राउ गरिएका नभाल्नीलाई ३० दिनका लागि थुनामा राखिएको छ ।

उक्त दरबारको मूल्य एक अर्ब पाउन्ड रहेको दाबी गर्दै यसका लागि ‘इतिहासकै सबैभन्दा ठूलो घुस’ दिइएको आरोप पनि लगाइएको छ । तर क्रेम्लिनले भने उक्त दरबार राष्ट्रपति पुटिनको नभएको भन्दै यो मित्थ्या आरोप भएको जनाएको छ । ४४ वर्षीय नभाल्नीलाई गत वर्ष अगस्टमा स्नायुविष प्रयोग गरी आक्रमण गरिँदा झण्डै मृत्यु भएको थियो । यस घटनामा पुटिन जिम्मेवार रहेको आरोप लगाइए पनि क्रेम्लिनले भने अस्वीकार गरेको छ ।

रिजोर्टहरू भएको सहर गेलेजिकमा उक्त संरचना बनाउन पुटिनको भित्रिया समूहका सदस्यहरूले अवैध रकम उपलब्ध गराएको दाबी रिपोर्टमा गरिएको छ । तेल प्रमुख तथा अर्बपतिहरू भएको उक्त समूहले आफ्ना मालिकका लागि दरबार बनाई दिएको दाबी नभाल्नीको छ ।

जुवाघर, भूमिगत आइस हकी खेल्ने कम्प्लेक्स, मदिरा उत्पादन हुने ठाउँ रहेको उक्त परिसरमा अलग्गै सुरक्षा, गिर्जाघर, प्रवेश प्रणाली, उडान गर्न नमिल्ने व्यवस्था र सीमा जाँचबिन्दु रहेको पनि बताइएको छ । नभाल्नीले त्यसलाई रुसभित्रको अलग्गै राज्य भन्दै उक्त राज्यमा एक जना र कहिल्यै नफेरिने जार पुटिन रहेको उल्लेख गरेका छन् । बीबीसीबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७