छलफलका लागि नेकपाले निर्वाचन आयोगसँग माग्यो थप समय (हेर्नुस् पत्र)


१६ माघ २०७७, शुक्रबार

काठमाडौं, १६ माघ । प्रतिनिधिसभा विघटनको विरोधमा देशभर सडक आन्दोलन गरिरहेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निर्वाचनसम्बन्धी छलफलका लागि निर्वाचन आयोगसँग समय माग गरेको छ ।

निर्वाचन आयोगले बोलाएको छलफलमा नेकपाको प्रचण्ड–माधव पक्ष सहभागी हुन नसक्ने आज (जानकारी गराएको हो । आयोगले बिहीबार निर्वाचन प्रयोजनका लागि दल दर्ता र निर्वाचन तयारीका लागि भएका कामबारे छलफल गर्न नेकपाका दुवै पक्षलाई आयोगमा बोलाएको थियो ।

आयोगले नेकपाका दुवै पक्ष अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई सम्बोधन गरेर पाँच–पाँच जना प्रतिनिधि पठाउन आग्रह गरेको थियो । आयोगको यो आग्रहपछि शुक्रबार प्रचण्ड–माधव पक्षका नेताहरु लिलामणि पोखरेल, राजेन्द्र पाण्डे र मुक्ति प्रधान आयोग पुगेर अध्यक्षद्वय प्रचण्ड र माधव नेपाल राजनीतिक कार्यक्रमका लागि उपत्यका बाहिर भएको र दुई अध्यक्ष आफै आयोगमा आउन चाहेकाले माघ १८ पछि आयोगले बोलाएमा उपस्थित हुने जानकारीपत्र बुझाएका छन् ।

141927170 2810985429117815 2450767872696939268 n

नेकपा नेताहरु राजेन्द्र पाण्डे, लीलामणि पोखरेल र मुक्ति प्रधान निर्वाचन आयोग पुगेर माघ १८ गतेपछि मात्र छलफल गर्न माग गरेका हुन् ।

‘पार्टी अध्यक्ष माधवकुमार नेपाल र पुष्पकमल दाहाल प्रचण्ड दुवै अध्यक्ष माघ १८ गतेसम्म उपत्यका बाहिरका राजनीतिक कार्यक्रममा व्यस्त रहनुभइ प्रतिनिधि मनोनयन गर्ने अवस्था नभएको र उक्त छलफलमा अध्यक्ष स्वयम् उपस्थित भइ छलफल गर्न चाहानु भएको हुँदा सो का लागि आज तोकिएको समयमा उपस्थित हुन सम्भव हुन नसकेको व्यहोरा अवगत गराउन चाहन्छुु,’ केन्द्रीय कार्यलयका कार्यालय सचिव श्रीराम ढकालले हस्ताक्षर गरेको पत्रमा भनिएको छ ।

यसअघि पुस ५ पछि ओली र प्रचण्ड पक्षले छुट्टाछुट्टै बैठक बसेर गरेका निर्णय मान्य नहुने जनाएको आयोगले दुवै पक्षले गरेका निर्णयलाई खारेज गरेको जनाएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७