एपिएफलाई हराउँदै पहिलोपल्ट आर्मी च्याम्पियन


१७ माघ २०७७, शनिबार
RS KTM

काठमाडौं, १७ माघ । प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको उपाधि पहिलोपल्ट त्रिभुवन आर्मी क्लबले हात पारेको छ । आज (शनिबार) भएको फाइनलमा नेपाल एपीएफ क्लबलाई ३३ रनले पराजित गर्दै आर्मीले पहिलो पटक उपाधि हात पारेको हो ।

पीएम कपका चारै संस्करणको फाइनलमा पुगे पनि आर्मीले उपाधि उचाल्न सकेको थिएन । पहिलो संस्करणमा वर्षा बाधक बनेपछि आर्मी र पुलिसले उपाधि बाँडेका थिए ।

ROS KTM1

अर्को विभागीय टोली त्रिभुवन आर्मीले दिएको २१२ रनको लक्ष्य पछ्याएको एपीएफले ४३ दशमलव ४ ओभरमा सबै विकेट गुमाएर १७८ रनमा अलआउट भयो । उपाधिसँगै आर्मीले १० लाख रुपैयाँ प्राप्त गरेको छ । उपविजेता बनेको एपीएफले पाँच लाख रुपैयाँ प्राप्त गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७