रूसको एक आवासीय भवनमा आगलागी, कम्तिमा पाँचको मृत्यु


२८ माघ २०७७, बुधबार
2d785d0d550e3651f6585c347d1ed3c1 w1000 h500 cp

काठमाडौं, २८ माघ । रूसको कोमी क्षेत्रमा मंगलबार एक आवासीय भवनमा आगलागी हुँदा कम्तिमा पाँच व्यक्तिको मृत्यु भएको समाचार संस्था (तास) ले जनाएको छ ।

कोमी राज्यको राजधानीमा भएको आगलागीपछि घटनास्थलमा उद्धार सेवाहरू आइपुग्दा उक्त निजी आवासीय भवनलाई जलाइसकेको विभागले उल्लेख गरेको छ।

घटनामा मृत्यु हुने सबै वयस्क रूसी नागरिक रहेका र उनीहरूको पहिचान भइरहेको बताइएको छ । प्राप्त जानकारी अनुसार स्थानीय समय अनुसार मंगलबार ६ बजेसम्ममा आगलागी नियन्त्रणमा आइसकेको छ ।

आगलागीका कारण केही व्यक्ति घाइते भएको बताइएको छ । आगलागीले उक्त निजी आवासीय भवनको ४९ वर्गमिटर क्षेत्रमा क्षति पुगेको बताइएको छ । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७