उत्तराखण्डमा हिमनदी फुट्दा ज्यान गुमाउने १० नेपालीको पहिचान, ११ नेपाली अझै बेपत्ता


२८ माघ २०७७, बुधबार
22c9dbfc39362e0731dbfe72b8e843ae w1000 h500 cp

काठमाडौं, २८ माघ । भारतको उत्तराखण्डस्थित चमोलीमा आइतबार हिमनदी फुट्दा आएको बाढीमा परेर ज्यान गुमाउनेमध्ये १० जना नेपालीको पहिचान भएको छ । स्थानीय सडकमा मजदुरी गर्दै आएका १० नेपाली कामदारको बाढीमा परेर मृत्यु भएको हो ।

हिमनदी फुट्दा धौलीगंगा र अलकनन्दासहितका नदीमा ठूलो बाढी आएको थियो । बाढीमा परेर विद्युत आयोजना र सडक निर्माणमा खटिएका नेपाली र भारतीय मजदुर र स्थानीयसहित दुई सय भन्दा धेरै बेपत्ता भएका थिए । बेपत्ताहरुको खोजी अहिले पनि चलिरहेको छ ।

मजदुरलाई ठेकेदारले दिएको टोकन नम्बरका आधारमा १० जना नेपालीको शवको पहिचान भएको स्थानीय अधिकारीहरुले जनाएका छन्। उनीहरु सबै जुम्ला र कालिकोट जिल्लाका हुन् । ज्यान गुमाउनेमा गणेश नेपाली, जगतबहादुर नेपाली, प्रतापसिंह, गोविन्द सिंह, रणजित सिंह, शंकर, मकर सिंह, मदन सिंह, नरेन्द्रबहादुर र रमेश नेपाली छन् ।

बेपत्तामध्ये ३० भन्दा बढी मजदुर र स्थानीयवासीको शव फेला परिसकेको छ । बाढीमा परेर अझै १ ७५ जना हराइरहेका अधिकारीहरुले जनाएका छन् । अझै ११ जना नेपाली बेपत्ताको सूचीमा छन् । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७