भ्रष्टाचारीलाई छाडिँदैन, निर्दोषलाई फसाइन्नँ : प्रमुख आयुक्त राई


१५ फाल्गुन २०७७, शनिबार
Premkumar rai

काठमाडौं, १५ फागुन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले जोसुकै भ्रष्टाचारीलाई कारबाही गर्ने बताएका छन् । काठमाडौंस्थित घट्टेकुलो समाजले शनिबार गरेको स्वागत कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख आयुक्त राईले भ्रष्टाचारीलाई नछोड्ने र निर्दोषलाई नफसाइने प्रतिबद्धता जनाएका हुन् ।

राईले तथ्य र प्रमाणको आधारमा कुनै पनि भ्रष्टाचारीलाई कारबाही गर्न अख्तियार नडराउने बताए। ‘मेरो कार्यकालमा भ्रष्टाचारको तथ्य र प्रमाणका आधारमा कसैलाई पनि कारबाही गर्न पछि हट्ने छैन ।’ उनले भने,‘तर निर्दोषलाई भ्रष्टाचारको दायराभित्र ल्याउनेलाई पनि बचाउने छैन ।’
उनले भ्रष्टाचार नियन्त्रणको कामलाई विगतको भन्दा प्रभावकारी बनाउने प्रतिवद्धता व्यक्त गरे । राईले नागरिक समाज र जनताको अपेक्षा अनुसार भ्रष्टाचार न्यूनीकरण र नियन्त्रणका लागि अहिलेसम्म भएको कामभन्दा बढी प्रभावकारी ढंगले काम गर्ने प्रतिवद्धता व्यक्त गरेका हुन् ।

घट्टेकुलो समाजले शनिबार आयोजना गरेको स्वागत कार्यक्रममा बोल्दै प्रमुख आयुक्त राईले भने,‘नागरिकको अपेक्षा र मिडियाले उठाएका विषयहरुलाई संविधान, अख्तियार दुरुपयोग अनुसन्धान आयोगसम्बन्धी ऐन र भ्रष्ट्राचार निवारण गर्ने ऐनको दायराभित्र रहेर विधि प्रक्रिया र कानून सम्मत ढङ्गले काम गरिन्छ ।’

प्रमुख आयुक्त राईले तथ्य र प्रमाणको आधारमा कुनैपनि भ्रष्ट्राचारीलाई कारबाही गर्न पछि नहट्ने बताए । यस्तै निर्दोशलाई भ्रष्ट्राचारको दायराभित्र ल्याउनेलाई पनि कारबाही गर्ने बताए । उनले भने– मेरो कार्यकालमा भ्रष्टाचारको तथ्य र प्रमाणका आधारमा कसैलाई पनि कारबाही गर्न पछि हट्ने छैन तर निर्दोश व्यक्तिलाई जोगाइन्छ ।

आफ्नो कार्यकालमा अख्तियारले अहिलेसम्मकै उत्कृष्ट काम गरेर देखाउने पनि प्रतिबद्धता व्यक्त गरे । उनले भने,‘ अख्तियारको इतिहासमै भ्रष्टचार नियन्त्रणको क्षेत्रमा प्रभावकारी र उत्कृष्ट काम गरेर जाने प्रत्यास रहनेछ ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७