इक्वेटोरियल गिनीको सैन्य क्याम्पमा भयङ्कर विष्फोट, १७ मृत्यु, चार सय बढी घाइते


२४ फाल्गुन २०७७, सोमबार
8eb4a92613bdb0044c948584fbeda037 w1000 h500 cp

काठमाडौं, २४ फागुन । अफ्रिकी मुलुक इक्वेटोरियल गिनीको सबैभन्दा ठूलो शहर बाटास्थित सैन्य अड्डामा आइतबार शक्तिशाली विष्फोट भएको छ । घटनामा १७ जनाको मृत्यु भएको छ भने चार सय जनाा बढी घाइते भएका छन् ।

त्यहाँका राष्ट्रपति टिओडोरो ओबिआङका अनुसार सैन्य अड्डामा प्रयोग गरिएको डायनामाइटसँग सम्बन्धित लापरबाहीका कारण विष्फोट भएको हो ।

उनले घटनामा १५ मानिस मारिएको र ५ सय जना घाइते भएको बताएका थिए । तर पछि त्यहाँको स्वास्थ्य मन्त्रालयले १७ जनाको मृत्यु र ४२० व्यक्ति घाइते भएको जानकारी दिएको हो । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७