सिटिजन्स बैंकका ग्राहकहरुले किङ्गस लाउञ्जमा विशेष छुट


३० चैत्र २०७७, सोमबार
kings

काठमाडौं ३० चैत । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र दरबारमार्ग स्थित किङ्गस् लाउञ्ज बीच सिटिजन्स बैंकका कार्ड बाहकहरुलाई विशेष छुट दिने समझदारी भएको छ । किङ्गस् लाउञ्जसँगको यो सहकार्य पश्चात् सिटिजन्स बैंकका कार्ड बाहकहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।

हालसम्म सिटिजन्स बैंकको कार्ड नभएका ग्राहकहरुलाई तत्कालै नयाँ कार्ड उपलब्ध गराउन बैंकले इन्स्ट्यान्ट कार्डको व्यवस्था गरेको जनाएको छ ।

साथै बैकले हालै डलर कार्डको सुरुवात पनि गरेको छ । जसअन्तर्गत ग्राहकहरुले आफ्नो सिटिजन्स बैैंकको खातामा रहेको नेपाली रूपैयाँलाई सटही गरी बार्षिक ५०० अमेरिकी डलर बराबरसम्मको रकम कार्डमा लोड गर्न सक्नेछन् । यसरी लोड गरिएको रकम बिदेशी मुद्रामा अनलाइनमार्फत वस्तु तथा सेवा खरिद बापतको भुक्तानी गर्न प्रयोग गर्न सकिने बैंकले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७