२०७८ बैसाख १ गते बुधबारको तपाईको राशिफल


प्रकाशित मिति : April 14, 2021

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आज नयाँ ज्ञान सिक्ने मौका मिल्ने छ । धैर्य एवं लगनशीलताले अवसर दिलाउने छ । धार्मिक क्षेत्रमा राम्रो सफलता मिल्न सक्छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
आजबाट नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ । सांस्कृतिक क्षेत्रमा रुची बढ्ने छ । नयाँ र शुभकार्यको चर्चा चल्ने छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आज अरुलाई प्रभावित पारेर काम बन्ने छ । रोकिएको धन हात पर्ला । न्यायिक कार्यमा सफलता मिल्ने छ । व्यापार भने सामान्य नै हुनेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
आज ठीक समयमा सही निर्णय लिन सकिने छ । राजनैतिक क्षेत्रमा सफलता मिल्ने छ । लाभदायक र फाइदा मूलक योजना बनिने छन् ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
आज रोकिएका महत्वपूर्ण कामको थालनी हुनसक्छ । परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला । सामाजिक क्षेत्रमा सफलता मिल्ने छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
आज कला, साहित्य तथा संगीतमा रुची बढ्ने छ । पारिवारिक साथ सहयोग मिल्ने देखिन्छ । पारिवारिक जमघटको वातावरण बन्ला ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
आज शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ । सामान हराउने वा चोरी हुने सम्भावना छ, तर धार्मिक तथा रमाइलो यात्राको योग पनि छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आज रोकिएका काम पुनः सुरु हुन सक्छन् । महिला वा मित्रबाट विशेष सहयोग मिल्ने छ । आर्थिक कारोबार भने कमजोर रहनसक्छ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
माल सामान हराउन सक्छ । सानो तिना समस्यामा अल्झनुपर्नेछ । क्रोध, प्रतिशोध, रिसराग र उत्तेजना माथि नियन्त्रण गर्नु राम्रो हुनेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आज राजनैतिक तथा समाज सेवामा मन लाग्नेछ । भाग्यले विभिन्न अवसर पनि जुराउनेछ । रमाइलो र यादगार यात्रा पनि हुनेछ ।

मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
आज सहकर्मीबाट विरोध आउन सक्छ । लगनशीलताको कमीले गर्दा ठूलो उपलब्धि हात पार्न नसकिएला । साँझमा मन प्रसन्न रहनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
आज जुक्तिको प्रयोग गर्न सके एकपछि अर्को अवसर आउने र धर्म, कर्ममा मन जानेछ । अधुरो या नयाँ कार्यको थालनी पनि हुनेछ ।

ज्यो.प. नारायणप्रसाद दुलाल

प्रतिक्रिया दिनुहोस्