पेस्तोल बोकेर ससुराली आएका मन्सुरी पक्राउ


६ बैशाख २०७८, सोमबार
pakrau 20210419081806

सुनसरी, ६ बैसाख । कटुवा पेस्तोल बोकेर सुसुराली आएका एक व्यक्तिलाई सुनसरी प्रहरीले पक्राउ गरेको छ । सुनसरीको कोसी गाउँपालिका–४ जुद्धगन्जमा रहेको ससुराली घरमा पेस्तोलसहित आएका सप्तरी कन्चनरुप नगरपालिकाका–१ का जमाल भन्ने तालिम मन्सुरीलाई जिल्ला प्रहरी कार्यालय सुनसरीले पक्राउ गरेको हो ।

अवैध हतियारसहित ससुराली आएका मन्सुरीलाई गोप्य सूचनाको आधारमा पक्राउ गरिएको सुनसरीका प्रहरी प्रमुख एसपी कमल थापाले बताए । मन्सुरीको साथबाट एकथान कटुवा पेस्तोल र दुई थान गोली बरामत गरेको उनले जानकारी दिएका छन् ।

मन्सुरी अवैध हातहतियारको कारोवारमा संलग्न व्यक्ति भएको बताइएको छ । मन्सुरीले भारतको विहारबाट हतियार खरिद गरी नेपाल भित्राउने गरेको प्रहरी श्रोतले जनाएको छ ।

मन्सुरीविरुद्ध हातहतियार खरखजनाअन्र्तगत मुद्धा दर्ता गरी आवश्यक कारवाही अगाडि बढाइएको एसपी थापाले बताए । अन्सारीलाई पक्राउ गरेपछि अन्य हतियार कारोवारीहरुको समेत खोजी सुरु गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७