कर्णालीमा माधव नेपालले अक्षम्य अपराध गरे, प्रचण्डबाट मेरो दुष्प्रचार गरियो : ओली


६ बैशाख २०७८, सोमबार
kp oli 2 scaled

काठमाडौं, ६ बैसाख । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले कर्णाली प्रदेशमा फ्लोर क्रस गराएर नेता माधवकुमार नेपालले अक्षम्य अपराध गरेको बताएका छन् ।

आज (सोमबार) केन्द्रीय कमिटी बैठकमा सम्बोधन गर्दै ओलीले कर्णालीमा बेइमानी गरेको आरोप पनि लगाए । गत शुक्रबार कर्णाली प्रदेशमा भएको मतदानमा नेपाल समूहका चार सांसदले फ्लोर क्रस गर्दै माओवादीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको पक्षमा मत हालेका थिए । फ्लोर क्रस गर्ने चार सांसदलाई एमालेले कारबाही गरिसकेको छ । उनले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्ना विरुद्ध दुष्प्रचार गरेको आरोप लगाए ।

बैठकमा सहभागी एक केन्द्रीय सदस्यका अनुसार प्रचण्डले हुँदै नभएको कुरालाई ‘ओलीले भारतीय खुफिया एजेन्सी रअका प्रमुखसँग सहमति गरेको’ भनी आफूलाई बदनाम गर्ने उद्देश्यले दुष्प्रचार गरेको बताएका थिए । अहिले केन्द्रीय कमिटी बैठक बालुवाटारमा जारी छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७