पूर्वी नवलपरासीमा जीप दुर्घटना हुँदा एकको मृत्यु, तीन जना गम्भीर


१० बैशाख २०७८, शुक्रबार

नवलपरासी, १० बैसाख । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को बुलिङटार–६ मा जीप दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने तीन जना गम्भीर घाइते भएका छन् । लु १ ज ३७१० नम्बरको जीप शुक्रबार बुलिङटारबाट दलदले आउँदै गरेको अवस्थामा दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक दीलिपकुमार गिरीका अनुसार मृत्यु हुनेमा पाल्पाको रामपुर नगरपालिका–४ का २३ वर्षीय अजय विक हुन् । गम्भीर घाइतेलाई उपचारका लागि दलदलेतर्फ पठाइएको र सामान्य घाइतेलाई स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीको भनाइ छ । दुर्घटनामा संलग्न चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । जीप सडकबाट करिव ५० मिटर तल खसेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७